बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने
बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...
बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४०० जेडलाई हालै लन्च गरेको कम्पनीले अपडेटेड डोमिनार ४०० संगै ४०० सीसी लाइन–अपलाई विस्तार गर्ने योजना समेत बनाएको छ ।
बजाज अटोका कार्यकारी निर्देशक राकेश शर्माका अनुसार कम्पनीले आफ्नो डोमिनार रेन्ज बाइकलाई अपडेट गर्ने योजनामा काम गरिरहेको छ । फेसलिफ्ट भर्सनले ब्लुटुथ कनेक्टिभिटी र टर्न–वाई–टर्न नेभिगेसन सहितको नयाँ टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल सहित धेरै सुविधाहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
साथै सो नयाँ भर्सनले एनएस ४०० जेडसँग केही फिचरहरु पनि सेयर गर्न सक्ने अनुमान गरिएको छ । यसमा राइड–वाई–वायर थ्रोटल, स्विच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र मल्टिपल मोड समावेश हुने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार डोमिनार फेसलिफ्ट हाल उपलब्ध मोडलको तुलनामा धेरै हलुका समेत हुनेछ । यसको तौल १९३ किलोग्राम हुने अनुमान गरिएको छ ।
बाइकको इन्जिन भने यथावत रहनेछ । डोमिनारमा ३९.५ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्ने ३७३ सीसी लिक्विड–कूल्ड युनिट प्रयोग गरिएको छ । सोही इन्जिन दिएर बजाजले पल्सर एनएस ४०० जेड लन्च गरेको हो ।
बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...
रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...
काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...