अपडेट भएर आयो पल्सर १५०, नयाँ ग्राफिक्सका साथ नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध
बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सर १५० नयाँ अपडेटसहित सार्बजनिक गरेको छ...
बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४०० जेडलाई हालै लन्च गरेको कम्पनीले अपडेटेड डोमिनार ४०० संगै ४०० सीसी लाइन–अपलाई विस्तार गर्ने योजना समेत बनाएको छ ।
बजाज अटोका कार्यकारी निर्देशक राकेश शर्माका अनुसार कम्पनीले आफ्नो डोमिनार रेन्ज बाइकलाई अपडेट गर्ने योजनामा काम गरिरहेको छ । फेसलिफ्ट भर्सनले ब्लुटुथ कनेक्टिभिटी र टर्न–वाई–टर्न नेभिगेसन सहितको नयाँ टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल सहित धेरै सुविधाहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
साथै सो नयाँ भर्सनले एनएस ४०० जेडसँग केही फिचरहरु पनि सेयर गर्न सक्ने अनुमान गरिएको छ । यसमा राइड–वाई–वायर थ्रोटल, स्विच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र मल्टिपल मोड समावेश हुने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार डोमिनार फेसलिफ्ट हाल उपलब्ध मोडलको तुलनामा धेरै हलुका समेत हुनेछ । यसको तौल १९३ किलोग्राम हुने अनुमान गरिएको छ ।
बाइकको इन्जिन भने यथावत रहनेछ । डोमिनारमा ३९.५ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्ने ३७३ सीसी लिक्विड–कूल्ड युनिट प्रयोग गरिएको छ । सोही इन्जिन दिएर बजाजले पल्सर एनएस ४०० जेड लन्च गरेको हो ।
बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सर १५० नयाँ अपडेटसहित सार्बजनिक गरेको छ...
काठमाडौं – बजाज बाइकको नेपाली बजारमा फेरि पनि मूल्य बढेको छ । केही दिन...
बजाज र यामाहाका मोटरसाइकल नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्रान्डमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...