बजाज डोमिनार २५० र यामाहा एफजी २५, कुन बाइक कस्तो ?

२५० सिसी सेग्मेन्टमा बजाजले डोमिनारलाई उतारेपछि यसको सिधा प्रतिस्पर्धा यामाहा एफजी २५ संग हुने देखिएको छ । यसअघि ४०० सिसी क्षमताको डोमिनार बिक्री गर्दै आइरहेको नेपालस्थित आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले उक्त मोडलमा अपेक्षाकृत सफलता पाउन सकिरहेको थिएन । नयाँ डोमिनारलाई बजारमा उतारेपछि यो सेग्मेन्टमा मार्केट लिडर यामाहा एफजीसंग उसले कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

यी दुई बाइकमा उपलब्ध अधिकांश फिचर्समा मेल खाएपनि मुल्य, पावर तथा पर्फमेन्समा भने केही भिन्नता रहेको छ । डोमिनार एफजी भन्दा ५५ हजारले महंगो छ । त्यसैगरी पावर तथा पर्फमेन्सका हिसावले एफजीको तुलनामा डोमिनार केही मबजुत देखिन्छ ।

यस्तो छ बजाज डोमिनार २५०
डोमिनार २५० मा मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । बाइकमा एकल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्ट्स मोटरसाइकल, बजाज डोमिनार ४०० मा समावेश थुप्रै विशेषता छन् ।
डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।

चालकको आरामका लागि बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ । बाइकमा अगाडि ३०० एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ । कम्पनीले यो बाइकको मूल्य नेपाली बजारमा ४ लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यस्तो छ यामाहा एफजी २५
यामाहा एफजी २५ मा आयल कुल्ड २४९ सिसी सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिन छ । यसले ८००० आरपीएममा २०.८ बीएचपी पावर र ६००० आरपीएममा २० एनएम टर्क उत्पन्न गर्छ ।

कम्पनीले यसलाई पावरफुल मिडिल क्लास स्ट्रिटफाइटर बाइक भनेको छ । ५–स्पिड गियर बक्स भएको यो मोटरसाइकल सिटी राइडमा आवश्यक पर्ने लो–एन्ड एक्सिलेरेसनका लागि उत्तम भएको कम्पनीको भनाइ छ ।

यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोसक सस्पेन्सन छ । २८२ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक भएको यो मोटरसाइकलमा ‘फुल एलईडी हेडल्याम्प’ राखिएको छ । एलईडी टेललाइट र अटोमेटिक हेडल्याम्प अन भएको यसमा यामाहाको प्याटेन्डेड ब्लुकोर प्रविधि छ । कम्पनीका अनुसार यसले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यामाहा एफजी २५ तीन रङमा उपलब्ध छ । यसको मूल्य ४ लाख ३४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...