इलेक्ट्रिक स्कुटर बजाज चेतकको स्पेसल एडिसन लन्च, फुल चार्जमा १३६ किलोमिटरको रेन्ज दिने

बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३२०१ को स्पेसल एडिसन भारतीय बजारमा लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटर फुल चार्जमा १३६ किलोमिटर चल्न सक्ने कम्पनीको दाबी छ । यसको मूल्य १ लाख ३० हजार भारु राखिएको छ ।

स्पेशल एडिसन स्कुटरको टप स्पेक प्रिमियम भेरिएन्टमा आधारित छ। कम्पनीले इलेक्ट्रिक स्कुटरको डिजाइनमा कुनै परिवर्तन गरेको छैन । यसको डिजाइन र फिचर प्रिमियम भेरिएन्टमा जस्तै छ । बजाज चेतक इलेक्ट्रिक स्कुटरको स्पेशल एडिसनमा साइड प्यानलमा चेतक डिकल्स, स्कफ प्लेट र ड्युअल टोन दिइएको छ ।

यसमा रियर भ्यू मिरर, साटिन ब्ल्याक ग्र्याब रेल र पिलियन फुटरेस्ट र चारकोल ब्ल्याक फिनिश टु हेडल्याम्प केसिङमा दिइएको छ। इलेक्ट्रिक स्कुटरमा डिस्क ब्रेक, अलोय ह्विल, एलईडी लाइटिङ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, मेटल बडी प्यानल र ब्याट्री आईपी६७ वाटर प्रुफिङ समावेश छ। ब्रेकिङका लागि दुबै पाङ्‌ग्रामा ड्रम ब्रेक जडान गरिएको छ ।

चेतक ३२०१ स्पेशल एडिसन ३.२ किलोवाटको ब्याट्री प्याकले सुसज्जित छ, जसले फुल चार्जमा १३६ किलोमिटरको रेन्ज दिन्छ । सो ब्याट्री चार्ज गर्न ५ घण्टा ३० मिनेट लाग्छ । यो हालको प्रिमियम मोडलको १२७ किलोमिटर रेन्जभन्दा बढी हो । यो इलेक्ट्रिक स्कुटरको टप स्पिड ७३ किलोमिटर प्रतिघण्टा छ।

सो ईभीमा टर्न-बाई-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल अलर्ट, टीएफटी डिस्प्ले, र ब्लुटुथ एप कनेक्टिभिटी जस्ता फिचर प्रदान गरिएको छ । भारतमा नयाँ चेतकले एथर रिज्टा जेड, ओला एस१ प्रो र टीभीएस आई-क्युब जस्ता इलेक्ट्रिक स्कुटरहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ ।...

बजाज प्लाटिना ११०अब नयाँ लुक र इन्जिनमा

बजाज प्लाटिना ११०अब नयाँ लुक र इन्जिनमा

बजाज प्लाटिना ११० सेगमेन्टको उत्कृष्ट बाइकमध्ये एक हो । यसममा अब थप फिचर...

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...