१२७ किमी रेन्ज र ३५ लिटर बुट स्पेस लगायतका फिचर सहित आयो चेतक इलेक्ट्रिक स्कुटरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक ३००१ लन्च गरेको छ । ९९ हजार ९९० भारुमा सो स्कुटर चेतक ३५ सिरिजको प्लेटफर्ममा तयार गरिएको छ ।

यसमा ३.० किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १२७ किलोमिटरको रेन्ज दिने बताइएको छ । यसलाई ३ घण्टा ५० मिनेटमा शून्य देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । स्कुटरमा ३५ लिटरको बुट स्पेस छ ।

राम्रो रेन्ज चाहने ग्राहकलाई लक्ष्यित गरी यो इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध गराएको कम्पनीको भनाइ छ । यसमा नयाँ फ्लोरबोर्ड ब्याट्री, जसले राम्रो स्टेबिलिटी प्रदान गर्छ । यो अब फराकिलो हुनुका साथै यसको सेन्टर अफ ग्राभिटी पनि कम हुनेछ । दैनिक कामकाज र सप्ताहन्तमा घुम्नका लागि समेत यसको उपयोग हुनेछ ।

यो स्कुटरमा ७५० किलोवाटको चार्ज समेत उपलब्ध हुन्छ । यसबाट छिटो चार्ज गर्न पनि सकिन्छ । यसमा कल एक्सेप्ट र रिक्वेस्ट, म्युजिक कन्ट्रोल, गाइड मी होम लाइट्स, हिल होल्ड असिस्ट, रिभर्स लाइट र अटो फ्ल्यासिङ स्टप ल्याम्ज जस्ता फिचर समेत उपलब्ध छन् । यो स्टिल बडी भएको यो क्याटागोरीको एक मात्र स्कुटर हो ।

बजाज चेतक चालु आर्थिक वर्षको जनवरी देखि मार्च सम्मको अवधिमा भारतमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक स्कुटर बनेको छ । ३५ सिरिजमा ३५०१ र ३५०२ जस्ता मोडल छन् । राइडर्सलाई राम्रो रेन्ज र पर्फमेन्स उपलब्ध गराउनका लागि यो नयाँ मोडल ल्याएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा समेत बजाज चेतक इलेक्ट्रिक स्कुटर भित्रिने तयारी भइरहेको छ । यस अनुसार आगामी दिनमा यो स्कुटर नेपालमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...

रिसाइकल मेटरियल देखि प्लास्टिक बोतल सम्म प्रयोग गरिएका इलेक्ट्रिक कार म्युनिख मोटर शोमा

रिसाइकल मेटरियल देखि प्लास्टिक बोतल सम्म प्रयोग गरिएका इलेक्ट्रिक कार म्युनिख मोटर शोमा

युरोपको सबैभन्दा ठूलो मोटर शो ‘द म्युनिख मोटर शो २०२१’ जर्मनीको म्युनिखमा...

विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

वीरगञ्ज – वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ हुने अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...