बजाज ग्रान्ड कार्निभलबाट सबैभन्दा ठूलो पल्सरको डेलिभरी प्रारम्भ
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं – बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” घोषणा गरेको छ । यो विशेष कार्यक्रम ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ । क्याम्प २०८२ कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ ।
बोल्ड जेनरेशनका लागि नयाँ भाइब
“ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” मा सहभागीहरूलाई पुराना दुईपांग्रे सवारी साधनमा उच्चतम मूल्याङ्कन, फ्री एसेसरिज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता सुविधाहरु प्रदान गरिनेछन् । ग्राहकको अनुभवलाई थप रमाइलो बनाउन नयाँ चेतकको खरिदमा बाइकर्स क्याफेमा कपल्स लन्च पनि प्राप्त गर्नेछन् ।
इलेक्ट्रिक मोबिलिटीमा सहज रूपान्तरण
यस पहलमार्फत, बजाज चेतकले परम्परागत दुईपांग्रे इलेक्ट्रिक मोबिलिटीमा सजिलो, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्न चाहन्छ । चेतक ईभीले सदाबहार डिजाइन र आधुनिक प्रविधिको संयोजन गर्दै पर्फर्मेन्स, स्टाइल र दिगोपनको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।
’ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल एक्सचेन्ज कार्यक्रम मात्र नभई यो स्मार्ट मोबिलिटी अपनाउने अवसर हो । चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना प्रस्तुत गर्दछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ ।”, गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने ।
बजाज चेतक ३५०१ शहरका सडक र दुर्गम भूभाग दुवैका लागि निर्मित एक उन्नत विद्युतीय स्कुटर हो । यसले प्रति चार्ज १५३ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्दछ, जसले दक्षता र आत्मविश्वासलाई संयोजन गर्दछ । यसको आईपी ६७ रेटेड अल मेटल बडीले सबै मौसमी अवस्थामा स्थायित्व सुनिश्चित गर्दछ । साथै, ५ इन्च टीएफटी टचस्क्रिन डिस्प्लेले स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र डक्युमेन्ट एक्सेस प्रदान गर्दछ । जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन , र एन्टी– थेफ्ट प्रोटेक्सन जस्ता सुविधाहरूको साथ सुरक्षा बढाइएको छ । ३५ लिटर अन्डरसिट स्टोरेज र केवल ३ घण्टामा ० देखि ८० प्रतिशत सम्म फास्ट चार्जिङको साथ, चेतक ३५०१ एक यस्तो सवारी हो जुन सुविधा र कार्यक्षमताबीच सम्झौता नगरी वास्तविक जीवनका लागि तयार छ ।
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
काठमाडौं।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता...
बजाज अटोले आफ्नो लोकप्रिय टुरिङ मोटरसाइकल डोमिनार ४०० को नयाँ संस्करण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...