बजाज चेतकको २ लाख युनिट बिक्री आँकडा पार, ८ महिनामा १ लाख युनिट बिक्री

बजाजको चेतक इलेक्ट्रिक स्कुटरले बिक्रीको हिसाबले नयाँ कोसेढुङ्गा हासिल गरेको छ । सो स्कुटर हालसम्म २ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । जुन २०२४ मा करिब १६ हजार ६९१ युनिट बिक्री भइसकेको छ ।

रिपोर्टका अनुसार आर्थिक वर्ष २०२४ मा बजाज चेतकको १ लाख १५ हजार ६२७ युनिट बिक्री भएको थियो । बजाज अटोले आर्थिक वर्ष २०२५ मा पनि उत्कृष्ट सुरुवात गरेको छ । हालसम्म कम्पनीले ४० हजार ८५४ युनिट चेतक बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ९६ प्रतिशत बढी हो ।

सवारीसाधनको तथ्याङ्क अनुसार कम्पनीले २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा ६६ हजार ५१२ युनिट चेतकको बिक्री गरेर ओला इलेक्ट्रिक र टीभीएस मोटर कम्पनीलाई पछि पार्दै तेस्रो नम्बर हासिल गरेको छ ।

नोभेम्बर २०२३ देखि जुन २०२४ सम्मको करिब ८ महिनाको अवधिमा कम्पनीले १ लाख चेतक स्कुटर बिक्री गरेको छ, जसमध्ये २०२४ जुनमा १६ हजार ६९१ युनिट बिक्री भएको छ । त्यसैगरी, पहिलो १ लाख युनिट बिक्री गर्न कम्पनीलाई ४८ महिना लागेको थियो । कम्पनीले आफ्नो बिक्रीलाई थप वृद्धि गर्न आगामी ३ देखि ४ महिनामा १६४ सहर र २०० टचपोइन्टबाट ६०० शोरुममा विस्तार गर्ने योजना बनाएको छ ।

बजाज चेतक ३ भेरिएन्टमा उपलब्ध छ । बेस भेरिएन्टको मूल्य ९५ हजार ९९८ भारु, मिड टियर अर्बनको मूल्य १ लाख २३ हजार र रिभ्याम्पेड रेन्ज टपिङ प्रिमियम भेरिएन्ट मूल्य १ लाख ४७ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

अक्टोबर २८ मा लन्च हुने भयो २५० सीसीको पल्सर, आयो अफिसियल टिजर भिडियो

अक्टोबर २८ मा लन्च हुने भयो २५० सीसीको पल्सर, आयो अफिसियल टिजर भिडियो

नयाँ पल्सर २५० आगामी अक्टोबर २८ देखि भारतीय बजारमा बिक्रीका लागि उपलब्ध...

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो...

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...