पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो
काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात...
काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा लन्च भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक औपचारिक कार्यक्रममार्फत सो स्कुटर सार्वजनिक गरेको हो ।
भारत बाहिर पहिलो बजारको रुपमा बजाजले नेपालमा सो स्कुटर लन्च गरेको हो । यसमा ३.५ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ । यसबाट नेपालका सहरी तथा सहरोन्मुख सबै स्थानका लागि यो स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ । त्यसैगरी यसलाई फास्ट चार्जिङ टेक्नोलोजीमार्फत शून्य देखि ८० प्रतिशत सम्म ३ घण्टामै चार्ज गर्न सकिन्छ ।
बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटरमा भएको फुल–मेटल बडी र आईपी ६७ रेटेड वाटर रेजिस्टेन्सका कारण नेपालको विविध मौसमका लागि उपयुक्त छ । यसमा भएको अल–न्यु फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण यो सेगमेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर सिट स्टोरेज यसमा रहेको छ । यसका कारण स्पेस र कम्फर्ट दुवै दृष्टिकोणले सहज भएको छ ।
यसमा उपलब्ध हुने विभिन्न टेकप्याकलाई प्रयोग गरेर इन्टेलिजेन्ट फिचर अनलक गर्न सकिन्छ । यसमा इन्टिग्रेटेड नेभिगेसन, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज र कल ह्यान्डलिङ सहितको स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल रहेको छ ।
त्यसैगरी रिमोट इम्मोबिलाइजेसन, गाइड–मी–होम लाइट्स, जिओ–फेन्सिङ, एन्टी–थेफ्ट प्रोटेक्सन र एक्सिडेन्ट डिटेक्सन लगायतका एड्भान्स्ड सेफ्टी टेक्नोलोजीको प्रयोग गर्न सकिन्छ ।
बजाज अटोको एसिया रिजन, एक्सपोर्ट बिजनेस युनिटका भाइस प्रेसिडेन्ट मनिस थापरले भारत बाहिर समेत इलेक्ट्रिक टु ह्विलरको बजार फैलाउने प्रयत्नको एक कदमको रुपमा यसले प्रतिनिधित्व गरेको बताए । क्लासिक चेतक स्टाइलिङ मार्फत हालका युवा र टेक–सेभी राइडरलाई अत्याधुनिक प्रविधि प्रयोगमा यसले प्रोत्साहन गर्ने उनले बताए ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले पहिलो अन्तर्राष्ट्रिय लन्चको रुपमा बजाज चेतक ३५०१ नेपालमा लन्च गर्न पाउँदा बजाज अटोसँगको सहकार्यप्रति गर्व लागेको बताए । उनले यो इलेक्ट्रिक मोबिलिटीप्रतिको एक महत्वपूर्ण कोशेढुंगा मात्र नभई विश्वकै विश्वसनिय ब्रान्डप्रतिको दीर्घकालीन सहकार्यको प्रतीक समेत भएको बताए ।
बजाज चेतक इलेक्ट्रिक स्कुटरको वारेमा बुझ्न र अनुभव गर्न काठमाडौंको नक्सालस्थित अत्याधुनिक कस्टमर एक्सपेरियसन्स जोन निर्माण गरिएको छ । विभिन्न डिलरमार्फत सो स्कुटर बुकिङ पनि गर्न सकिन्छ । यसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आगामी साउन २१ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा समेत यो स्कुटर प्रदर्शन हुने कम्पनीको भनाइ छ ।
काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात...
नेपाली बजारमा १५० किलोमिटरसम्म रेन्ज दिने वाइसाइकलको एसेम्वल हुँदै...
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...