किन पटक पटक बढिरहन्छ बजाज बाइकको मूल्य, महिनामै २ पटकसम्म मूल्य वृद्धि

टु ह्विलर सेग्मेन्टमा सर्बाधिक बिक्री हुने बजाज मोटरसाइकलको मूल्य नेपाली बजारमा छिटोछिटो वृद्धि हुने गरेको छ । अघिल्ला महिनाहरुमा ३ महिनाको अन्तरालमा मूल्य वृद्धि गर्दै आएको बजाजले माघ महिनामा मात्र २ पटक मूल्य बढाएको हो ।

यस क्रममा बजाजका प्रायः सम्पूर्ण मोडलको मूल्य वृद्धि गरिएको छ भने माघ अन्तिम साता प्रकाशित भएको मूल्य सुचीमा पल्सर १५० को मूल्य २ हजार रुपैयाँले घटाइएको छ । सबैभन्दा बढी मूल्य वृद्धि बजाज डोमीनारमा गरिएको छ । कम्पनीले यो बाइकको मूल्य हरेक महिनाजसो बढाउँदै आएको हो ।

पहिले पहिले पेट्रोलियम पदार्थको मूल्यमा यसरी छिटो छिटो मूल्य वृद्धि हुने गरेकोमा पछिल्लो समय आयल निगमलाई समेत पछि पार्नेगरी बजाजले मूल्य वृद्धि गरिरहेको छ । यस बिषयमा बुझ्न खोज्दा कम्पनी स्रोतले भारतीय बजारमै मूल्य वृद्धि भएका कारण नेपालमा समेत मूल्य समायोजन गर्नुपरेको जवाफ दिएको छ । पछिल्लो समय प्रायः सबै ब्रान्डका मोटरसाइकलको मूल्य बढेपनि अन्य ब्रान्डले बजाजले झै महिनामै २ –२ पटकसम्म मूल्य वृद्धि गरेका छैनन् ।

बारम्बारको मूल्य वृद्धिले कस्तो पार्ला प्रभाव
कुनैपनि बस्तु तथा सेवाको मूल्य थपघट हुने एउटा निश्चित समयावधि र परिस्थिति हुन्छ । त्यसमा पनि यसरी मूल्य बढ्दा एउटा ब्रान्डको मात्र नभई सोही सेग्मेन्टका सम्पूर्ण प्रोडक्टको मूल्य थपघट हुने बजारको नियम हो ।

तर पछिल्लो समय टु ह्विलर सेग्मेन्टमा बजाजले बजारको यो नियमलाई बेवास्ता गर्दै बारम्बार एकतर्फी मूल्य बढाइरहेको छ । गएको एक बर्ष अवधिमा होन्डा, टीभीएस, हिरो र यामाहा लगायत अन्य प्रतिस्पर्धि ब्रान्डले बढीमा २ पटकमात्र मूल्य वृद्धि गरेकोमा बजाजले सोही समय अवधिमा ४ पटक भन्दा बढी मूल्य बढाएको छ । यसरी क्षणभरमै मूल्य बढ्दा यसले उपभोक्तामा विश्वास गुम्ने देखिन्छ ।

अहिले बजारमा बजाज बाइकको माग उच्च भएका कारण माग नियन्त्रण गर्न नसकी मूल्य बढाइएको पनि होइन । त्यसो भए बजाजले किन बारम्बार मूल्य वृद्धि गरिरहेको छ त ? त्यसमा पनि बजारमा खासै माग नभएको डोमिनार मोडलको झन बढी किन ? यो प्रश्नको उत्तरमा कम्पनी स्रोतले दाबी गरेजस्तै भारतीय बजारमा बढाइएका कारण नेपालमा पनि बढेको हो भन्ने उत्तरमा चित्तबुझ्दो जवाफ भेटिदैन ।

हो, भारतीय बजारमा पछिल्लो समय अन्य ब्रान्डको तुलनामा बजाज बाइकको मूल्य सबैभन्दा बढी वृद्धि भइरहेको छ । तर पनि, नेपालमा झै एकै महिनामा २/२ पटक भने वृद्धि गरिएको छैन । त्यसमाथि बजाजका धेरैजसो मोडल नेपालमै उत्पादन हुने हुँदा भारतीय बजारको प्रभाव तत्काल नेपाली बजारमा नपर्नु पर्ने हो । तर त्यस्तो भएको देखिदैन ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...