भारतमा चौथो स्थानमा रहेको बजाज नेपालमा किन पहिलो स्थानमा ? अन्य ब्रान्डको अबस्था के ?

भारतीय बजारमा हिरो ब्रान्डका मोटरसाइकलको बजार हिस्सा सबैभन्दा बढी छ । हिरोपछि होन्डा र टीभीएसको बजार दोस्रो र तेस्रो स्थानमा आउँछ । चौथो र पाँचौ स्थानमा बजाज र यामाहा रहन सफल छन् । भारतीय बजारको यो समिकरण नेपालको सन्दर्भमा भने ठिक उल्टो छ ।

भारतमा चौथो स्थानमा रहन सफल बजाज नेपालमा पहिलो स्थानमा छ भने त्यहाँ पहिलो स्थानमा रहन सफल हिरो पाँचौ स्थानमा । भारतमा दोस्रो स्थानमा रहेको होन्डा नेपालमा समेत दोस्रो स्थानमा छ भने त्यहाँ पाँचौ स्थानमा रहेको यामाहा तेस्रो स्थानमा छ । त्यसैगरी भारतमा तेस्रो स्थानमा रहेको टीभीएस यहाँ चौथो स्थानमा छ । यद्यपि पछिल्लो समय टीभीएसले यामाहासँगको दुरी कम गर्दै लगेको हुँदा यो निकट भबिष्यमै तेस्रो स्थानमा नउक्लेला भन्न सकिदैन ।

नेपालमा बजाज किन सर्बाधिक सफल
बजार हिस्साका आधारमा भारतीय बजारमा चौथो हिस्सा ओगटेको बजाज नेपालमा भने पहिलो स्थानमा रहन सफल देखिन्छ । बजाजको पल्सर मोडल युवा राइडरमाझ अत्यधिक लोकप्रिय बनेका कारण यसले बजार हिस्सा बढाउन मद्दत गरेको हो । भारतको सन्दर्भमा भने यो मोडल त्यत्ति लोकप्रिय मानिदैन । त्यहाँ पल्सरभन्दा डिस्कभर र प्लाटिना जस्ता मोडल बढी बिक्री हुन्छन् ।

नेपाली बजारमा बजाज सफल हुनुको पछाडि बिक्री र बिक्री पछिको सेवाले समेत महत्वपूर्ण भुमिका खेल्दै आएको छ । देशका प्रायः सबैजसो शहरमा यसको थ्री एस भनिने सेल्स, सर्भिस र स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा छन् । स्पेयर पार्ट्सकै कुरा गर्नुपर्दा अन्य ब्रान्डको तुलनामा सस्तो र सर्बसुलभ समेत छ । त्यसैगरी कम्पनीले यो ब्रान्डको बजार प्रवद्र्धनका लागि समेत ठूलो रकम खर्च गर्दै आइरहेको छ ।

बजाजको पल्सर मोडलले सेग्मेन्टमै सर्बाधिक पावरफुल बाइकको पहिचान बनाएको छ । नेपालका सडकहरु प्रायः अफरोडयुक्त र उकालो हुने हुँदा त्यस्ता सडकमा समेत यसले राम्रो पर्फमेन्स दिइरहेको छ । त्यसैले पनि पल्सरको बजार सहरदेखि ग्रामीण भेगमा समेत गुल्जार बनिरहेको छ । बजार हिस्साको कुरा गर्नुपर्दा बजाजले नेपालमा २५ प्रतिशत हाराहारीमा होल्ड गरेको छ ।

टीभीएस र हिरोका कारण होन्डा र यामाहाको बजार गुम्दै
कुनै समय भारतमा जस्तै नेपालमा पनि हिरोहोन्डा ब्रान्डका मोटरसाइकल सर्बाधिक बिक्री हुने गर्थे । भारतमा होन्डा र हिरो छुट्टिएँंगै हिरोको गतिमा एकाएक ब्रेक लाग्यो भने होन्डाले बजार हिस्सा बढाउँदै लग्यो । साइन र युनिकर्नजस्ता चर्चित मोडल उतारेको होन्डासँग डियो स्कुटर समेत भएको हुँदा बजार लिन गाह्रो भएन ।

साइन मोटरसाइकल आउँदाको शुरुवाती समयमा होन्डाले १२५ सीसी सेग्मेन्टमा हिरो सुपर स्प्लेन्डर र बजाज डिस्कभरको बजार खोस्दै यो सेग्मेन्टमा अग्रणी स्थान हासिल ग¥यो । अर्कातर्फ युनिकर्न र डियो स्कुटरले समेत तहल्का पिटिरहेकै थियो । त्यो समय होन्डाले बजाजलाई समेत उछिनेर पहिलो स्थान हासिल गरेको थियो ।

हाल युनिकर्न र साइनको बिक्री प्रभाबित बन्दै गएपछि होन्डाको बिक्री स्कुटरमा बढी निर्भर बनिरहेको छ । होन्डाले पछिल्लो समय बजार हिस्सा गुमाउँदै लगेको छ । यसका पछाडि टीभीएसको आक्रामक आगमन र हिरोका नयाँ मोडल सार्बजनिक हुँदै जानु तथा ती मोडलले बजार लिनु प्रमुख कारण मानिएको छ । त्यस्तै स्कुटरमा एकछत्र बजार लिइरहेको होन्डालाई पछिल्लो समय टीभीएस र यामाहाले समेत राम्रै टक्कर दिइरहेको छ । जसका कारण पनि होन्डाको बजार निरन्तर ओरालो लाग्दो छ ।

त्यसैगरी स्टाइलिस र स्पोर्टी बाइकलाई बजारमा उतारेर युवाहरुको मन जित्न सफल यामाहाको बिक्री समेत टीभीएसको अपाचे सिरिज र हिरो एक्सपल्सका कारण प्रभाबित बनेको छ । यामाहाका एफजी मोडल युवा राइडरमाझ लोकप्रिय मोटरसाइकल हो । हाल यो मोडलको बिक्री पहिलेको तुलनामा निरन्तर कम भइरहेको छ । यद्यपि यामाहाले स्कुटर सेग्मेन्टमा भने बजार हिस्सा बढाउँदै लगेको छ ।

टीभीएस र हिरोका नयाँ मोडलका कारण होन्डा र यामाहाले बजार हिस्सा गुमाउँदै लगेपछि हाल विद्यमान समिकरणमा समेत फेरबदल हुने देखिन्छ । यसअघि ठूलो अन्तराल सहित तेस्रो स्थान ओगटेको यामाहासँग टीभीएसले दुरी कम गर्दै लगेको छ भने अर्कोतर्फ हिरोले समेत बजार हिस्सा बढाउँदै लगेको छ ।

हाल होन्डाले २० प्रतिशत, यामाहाले १५ प्रतिशत, टीभीएसले १३ प्रतिशत र हिरोले १० प्रतिशत हाराहारीमा बजार हिस्सा ओगटेको बताइएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...