काठमाडौं – लगातार र धेरै पटक मूल्य बढेर रेकर्ड कायम गरिरहेको बजाज बाइकको मूल्य नेपाली बजारमा फेरि बढेको छ । केही दिन पहिले मात्र गरिएको मूल्य वृद्धिमा फेरि एक पटक यी बाइकको मूल्यमा वृद्धि गरिएको छ ।
नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले चैत ८ गते देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।
नयाँ मूल्य सूची अनुसार बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १००ईएसको मूल्यमा १ हजार र सबैभन्दा महंगो डोमिनार ४०० को मूल्यमा ५ हजार रुपैयाँ वृद्धि गरिएको छ ।
प्लाटिना १००ईएसको मूल्य पहिले १ लाख ८१ हजार ९ सय रुपैयाँ भएकोमा अब १ लाख ८२ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी डोमिनार ४०० को मूल्य पहिले ५ लाख ६९ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ७४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यी दुई बाहेक अन्य चार मोडलको मूल्यमा पनि १ हजार र २ हजार रुपैयाँको दरले वृद्धि गरिएको छ । अन्य मोडलको मूल्य भने यथावत छ ।
बजाज डिस्कभर १२५ ड्रम र पल्सर १६० एनएस एबीएसको मूल्य १ हजार रुपैयाँले वृद्धि भएर क्रमशः २ लाख ९ सय र ३ लाख ३ हजार ९ सय पुगेको छ भने पल्सर एनएस २०० एफआई एबीएस र एभेन्जर स्ट्रिट १६० एबीएसको मूल्य २ हजार रुपैयाँले वृद्धि भएर क्रमशः ३ लाख ७२ हजार ९ सय र ३ लाख ३१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बजाज बाइकको मूल्य सूची
यहाँ हेर्न सकिन्छ ।