ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टी–ब्रान्ड शोरूम सञ्चालनमा
ललितपुर – ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ...
प्रख्यात टु–ह्विलर निर्माता कम्पनी केटिएममा बजाज अटोले थप लगानी गर्नेे भएको छ । अस्ट्रियाको बाइक निर्माता केटीएम विगत केही महिनादेखि आर्थिक संकटबाट गुज्रिरहेको थियो ।
नोभेम्बरमा, कम्पनीले आफूलाई आर्थिक रूपमा स्थिर राख्न लगभग ८९० करोड भारु कोष खोजिरहेको बताएको थियो । उक्त रकम जुटाउन नसके कम्पनी धराशायी हुने जोखिमका बिच बजाज अटोले १ हजार ३६० करोड भारु लगानी थप्न लागेको हो ।
पछिल्लो रिपोर्ट अनुसार, बजाज अटोले थप लगानी गरेपछि केटिएमको उद्धार हुने उल्लेख गरिएको छ । कम्पनीले नेदरल्याण्डमा रहेको आफ्नो सहायक बजाज अटो इन्टरनेशनल होल्डिङ्स बीभी (बीएआईएचबीभी) मार्फत उक्त रकम लगानी गर्न लागेको हो । बजाजको बोर्डले लगभग १ हजार ३५० करोड भारु लगानी गर्न स्विकृत समेत गरिसकेको छ ।
केटिएममा बजाज अटो इन्टरनेशनल होल्डिङ्स को ४९ प्रतिशत र अष्ट्रियाको पाइरर मोबिलिटी ग्रुपको ५१ प्रतशित सेयर हिस्सा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...