फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई कुनै पनि झन्झट बिना सहज रूपमा स्टेयर गर्न सकिन्छ । हालै चिनियाँ प्रविधि कम्पनी बाइडुले आफ्नो पहिलो अटोमेटिक कार सार्वजनिक गरेको छ । यस कारको स्टेयरिङलाई हटाउन पनि सकिन्छ ।

यो कारमा ८ वटा लाइट डिटेक्सन सेन्सर र १२ वटा क्यामेरा हुने कम्पनीको दाबी छ । यसबाट कुनै पनि चालकको सहयोग बिना कार चलाउन सकिन्छ । सो कार अर्काे वर्ष चीनमा लन्च हुनेछ । यसलाई रोबो ट्याक्सी सेवाको रूपमा प्रयोग गरिने छ ।

अटोमेटिक कारले धेरै सुरक्षा नियमहरु पार गर्नुपर्ने हुन्छ । सडक सुरक्षा नियमहरू देशअनुसार फरक–फरक हुन्छ । यसको साथै यसको उच्च मूल्य पनि एक चुनौती हुन्छ । बाइडुले सो मोडलको लागि प्रतियुनिट मूल्य ३७ हजार डलर अर्थात लगभग ५० लाख हुन सक्ने दाबी गरेको छ । यो पुरानो जेनेरेसन मोडलको तुलनामा आधा मूल्य हो ।

अटोमेटिक कारले चीनमा सुरक्षा नियमहरु पूरा गर्न सक्षम छ÷छैन भन्ने दोधारमा छ । विश्वभरि यस टेक्नोलोजी गैर–विश्वासी र आलोचकले सेल्फ ड्राइभिङ गाडीमा पूर्ण विश्वास देखाउन सकेका छैन । तर पनि आउँदो दिनहरुमा अटोमेटिक कार विश्वबजारमा धेरै हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन, ६ वटा गाडी चार्ज गर्न मिल्ने

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु

काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...

दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने

दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने

काठमाडौं – अब दर्ता नगरी बाटोमा गुडाइएका विद्युतीय सवारीसाधनहरुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...