१ करोड १९ लाख ९६ हजारमा लन्च भयो बीएआईसीको बीजे३० हाइब्रिड एसयूभी

काठमाडौं–लक्ष्मी ई–मोबिलिटीले नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२६ मा बीएआईसी बीजे३० हाइब्रिड एसयूभी लन्च गरेको छ । अफराेड डिजाइन र आधुनिक प्रविधिको आकर्षक संगमका रूपमा प्रस्तुत गरिएको यस एसयूभीको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बीजे३० एसयूभीमा बीएआईसीको म्याजिक कोर डीएचईभी हाइब्रिड पेलोड प्रविधि प्रयोग गरिएको छ, जसले १.५ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयुक्त शक्ति प्रदान गर्दछ ।

यसको अल–ह्विल–ड्राइभ भेरिएन्टले ४०९ हर्सपावर र ६८५ एनएम टर्क उत्पन्न गर्छ, जसले उत्कृष्ट गति र क्षमता प्रदर्शन गर्छ । ४,७३० मिमी लम्बाइ र २,८२० मिमी ह्विलबेस रहेको यो ५ सिटर एसयूभीमा २१५ मिमीको ग्राउन्ड क्लियरेन्स र विभिन्न भू–भाग अनुकूल ड्राइभिङ मोडहरू उपलब्ध छन् ।

गाडीको भित्री भागमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । यसका साथै क्याम्पिङ तथा आउटडोर गतिविधि सहज बनाउन पछाडिका सिटहरू मोडेर विशाल भण्डारण क्षमता बनाउन सकिने सुविधा र भेइकल–टु–लोड पावर सप्लाई समेत उपलब्ध गराइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...