बेबी लियोन्सिनो : बेनेलीको सबैभन्दा सानो स्क्र्याम्बलर लियोन्सिनो १२५ सार्वजनिक

बेनेली लियोन्सिनो १२५ अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक गरिएको छ । यो बेनेली परिवारको सबैभन्दा सानो स्क्र्याम्बलर मोडल हुनेछ । बेनेलीले इटालीमा आयोजित ईआईसीएमएमा सो मोटरसाइकल सार्वजनिक गरेको हो । यो बेनेली लियोन्सिनो २५० पछिको सानो मोडल हुनेछ । यसलाई बेबी लियोन्सिनो पनि भन्न सकिन्छ ।

बेबी लियोन्सिनोमा १२५ सीसी लिक्विडकुल्ड, फोर भल्व इन्जिन छ, जसले १२.८ बीएचपी पावर र १० एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको फ्युल इन्जेक्टेड मोटरलाई ६–स्पिड गियरबक्ससँग पेयर गरिएको छ ।

यसको डिजाइन पनि पहिलेकै लियोन्सिनो जस्तै छ । यसमा ३५ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र रियर मोनोसक छ ।

अन्तर्राष्ट्रिय बजारमा यो मोटरसाइकल सन् २०२२ को स्प्रिङ सिजनमा उपलब्ध हुने अनुमान गरिएको छ । नेपाली बजारमा बेनेली बाइक बिक्री–वितरण गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले कुनै समयमा २५० सीसीको लियोन्सिनो बिक्रीका लागि उपलब्ध गराएको थियो । तर हाल यो उपलब्ध छैन ।

बेनेली लियोन्सिनो १२५ पनि भविष्यमा नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हंगेरीको कम्पनीले भारतमा ल्यायो बुलेट भन्दा महंगो ३०० सीसीका दुई स्कुटर, आउन सक्छ नेपाल

हंगेरीको कम्पनीले भारतमा ल्यायो बुलेट भन्दा महंगो ३०० सीसीका दुई स्कुटर, आउन सक्छ नेपाल

हंगेरीको दुई पाङ्ग्रे सवारी साधन निर्माता र बेनेली समूहको सहायक कम्पनी...

एउटै बाइकमा ६० हजार र अन्यमा समेत घटेको मूल्यका कारण चर्चामा बेनेली

एउटै बाइकमा ६० हजार र अन्यमा समेत घटेको मूल्यका कारण चर्चामा बेनेली

काठमाडौं – बजेट पश्चात विभिन्न कम्पनीका बाइकहरुको मूल्य घट्ने क्रम...

नेपाल भित्रियो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार

नेपाल भित्रियो कार भन्दा पावरफुल बाइक, मूल्य २५ लाख १५ हजार

काठमाडौं – नेपाली बजारमा बेनेलीको नयाँ बाइक ७५२ एस भित्रिएको छ । नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...