वर्कसप बेलुकी दैनिक ७ बजे सम्म : सोरुम तथा पार्ट्स पसल आइतबार, मंगलबार र बिहीबार खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आगामी असार १४ गते सम्म लम्ब्याइएको छ । यद्यपि सो अवधिमा पहिले भएको प्रावधानलाई केही खुकुलो गरी निजी सवारी साधन र केही व्यवसाय संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।

यो भन्दा पहिले सवारी साधन मर्मत गर्ने वर्कसपहरु राती ९ बजे सम्म संचालन गर्न पाउने व्यवस्था भएकोमा अब बेलुकी ७ बजे सम्म मात्र संचालन गर्न पाइने छ ।

त्यसैगरी अटोमोबाइल सोरुम, अटोमोबाइल पार्ट्स पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

कार, जिप, भ्यान जस्ता निजी सवारी साधनमा बढीमा ४ जना र ट्याक्सीमा बढीमा ३ जना मात्र चढ्न पाइने छ । मोटरसाइकल र स्कुटीमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर संचालन हुनेछ ।

यसका साथै अन्य सवारी साधनका लागि पनि विभिन्न व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

बतास समुहमाथी गरिएको व्यवहारप्रति गम्भिर ध्यानाकर्षण रहेको नाडाको भनाई

बतास समुहमाथी गरिएको व्यवहारप्रति गम्भिर ध्यानाकर्षण रहेको नाडाको भनाई

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले...

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग...

सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

सर्भिस इन्जिनियरको पोस्ट लकडाउन बाइक राइडिङ टिप्स : बाइक चलाउनु अघि ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं उपत्यका र देशका धेरै स्थानमा जारी निषेधाज्ञा केही खुकुलो गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...