वर्कसप बेलुकी दैनिक ७ बजे सम्म : सोरुम तथा पार्ट्स पसल आइतबार, मंगलबार र बिहीबार खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आगामी असार १४ गते सम्म लम्ब्याइएको छ । यद्यपि सो अवधिमा पहिले भएको प्रावधानलाई केही खुकुलो गरी निजी सवारी साधन र केही व्यवसाय संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।

यो भन्दा पहिले सवारी साधन मर्मत गर्ने वर्कसपहरु राती ९ बजे सम्म संचालन गर्न पाउने व्यवस्था भएकोमा अब बेलुकी ७ बजे सम्म मात्र संचालन गर्न पाइने छ ।

त्यसैगरी अटोमोबाइल सोरुम, अटोमोबाइल पार्ट्स पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

कार, जिप, भ्यान जस्ता निजी सवारी साधनमा बढीमा ४ जना र ट्याक्सीमा बढीमा ३ जना मात्र चढ्न पाइने छ । मोटरसाइकल र स्कुटीमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर संचालन हुनेछ ।

यसका साथै अन्य सवारी साधनका लागि पनि विभिन्न व्यवस्था गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...