चांगानले सार्वजनिक गर्यो आफ्नै ड्राइभर असिस्टेन्स सिस्टम ‘एसडीए पाइलट’
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगान अटोमोबाइलले आफ्नै इन्जिनियरिङ...
काठमाडौं– विश्वको तेस्रो ठूलो अटो बजार भारतमा ४२ दिनमै ३८ लाख सावरीसाधन बिक्री भएको तथ्य वाहिर आएको छ । भारतमा सावरीसाधन बिक्री गर्ने डिलरहरुको संस्था फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन(फाडा) का अनुसार ४२ दिनको फेस्टिभ सिजनमा यति धेरै सावरीसाधन बिक्री भएका हुन् ।
फेस्टिभ सिजनमा बिक्री भएको उक्त संख्या हालसम्मै उच्च रहेको फाडाले जनाएको छ । जुन अघिल्लो वर्षको फेस्टिभ सिजनमा बिक्री भएको कुल ३२ लाख सवारीसाधनको तुलनामा १९ प्रतिशत हाराहारीले बढी हो ।
यस वर्षको फेस्टिभ सिजनमा टु ह्विलर २८ लाख ९३ हजार बिक्री भएको उक्त संस्थाले जनाएको छ । यसैगरी, थ्री ह्विलर १ लाख ४३ हजार, कमर्सियल भेइकल १ लाख २३ हजार ७८४, प्यासेन्जर भेइकल ५ लाख ४७ हजार २४६ र ट्रयाक्टर ८७ हजार हाराहारी बिक्री भएका हुन् ।
देशको ग्रामिण भेगमा टु–ह्विलर र प्यासेन्जर कारको मागमा उच्च बृद्धि आएका कारण सवारीसाधनको बिक्रीमा एतिहासिक रेकर्ड कयम गर्न सकिएको फाडाले जनाएको छ । सो संस्थाका अनुसार माग बढेसंगै मुलकका ठूला अटो उत्पादकले उत्पादनलाई समेत बृद्धि गरेका छन् । जसका कारण बुकिङ लिएर गाडी हात पार्न प्रतिक्षा गरेका ग्राहकले पहिलेको तुलनमा छिटो डेलिभरी पाउन थालेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...