बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण मारमा परेका अटो उत्पादकहरुले माग बमोजिम गाडी उत्पादन गर्न नसक्दा यसको सिधा असर नेपालस्थित आधिकारिक बितरक र डिलरहरुमा समेत देखा परेको छ । सवारीसाधनको मुख्य सिजन दशैं/तिहारमा माग बमोजिम गाडी बिक्री गर्न नसकेपछि अहिले सबैजसो बिक्रेता कम्पनीहरु निराश बन्न थालेका छन् । कोरोना महामारीका कारण लामो समय सोरुम बन्द गरेर बस्नुपर्दाको पीडाबाट केही राहत महसुस गर्न थाले लगत्तै फेरि अर्को समस्या निम्तिदा उनीहरु निराश बन्न थालेका हुन् ।
बजारमा चल्तीका गाडीको अभाव बढ्दै गएका कारण अहिले प्रायः सबैजसो ब्रान्डका बिक्रेतालाई गाडी किन्न शोरुमसम्म आउने ग्राहकलाई आफूसँग गाडी नभएको भनेर रित्तो हात फर्काउन विवश हुनुको अर्को विकल्प छैन । अहिलेको परिस्थितिबाट आयातकर्ता कम्पनी समेत मारमा परेपनि सबैभन्दा बढी मार निश्चित रकम मुनाफा लिने गरी गाडी बिक्री गर्ने शर्तमा डिलरसिप लिएर शोरुम चलाउँदै आएका बिक्रेतालाई पर्न थालेको देखिन्छ ।
ठूलो रकम लगानी गरेर शोरुम लगायत पूर्वाधार निर्माण गरी व्यवसाय थालेका यस्ता बिक्रेताहरुले अहिलेको अबस्था अझै लम्बिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउन थालेका छन् । चितवनको नारयणघाटस्थित एक शोरुमका संचालकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पहिले कोरोना महामारीका कारण लामो समय शोरुम बन्द गरेर बस्नुपर्दा ठूलो नोक्सानी बेहोर्नुपर्यो । तर अहिले बजार खुल्न थालेपछि फेरि गाडी अभावको समस्या झेल्नु परेको छ । ग्राहकहरु गाडी किन्न शोरुमसम्म त आउँछन तर आफूुसँग गाडी नभएका कारण रित्तो हात फर्काउनु परेको छ ।’ किन्ने ग्राहक हुँदाहुँदै पनि गाडी अभावका कारण बिक्री गर्न नसक्दा शोरुमको सञ्चालन खर्च नै धान्न समस्या परेको उनले बताए । यो अवस्था अझै लम्बिए व्यवसायबाट नै पलायन हुनको अर्को विकल्प नरहेको उनको भनाइ छ ।
उनले जस्तै नेपालगन्जमा शोरुम चलाउँदै आएका अर्का एक संचालकले पनि अहिलेको अवस्था लामो समयसम्म रहिरहे शोरुम बन्द गर्नुको बिकल्प नरहेको जिकिर गरे । ‘बजारमा जुन मोडल चलेको छ त्यसैको माग बढी हुने हो । तर अहिले चलेकै मोडलमा अभाव भएपछि गाडी बिक्री गर्न नसक्दा शोरुमको खर्च नै धान्न धौधौ परिरहेको छ’ उनले भने, आयातकर्ता कम्पनीहरुले पनि अहिलेको अवस्थालाई बुझेर आएको नयाँ गाडी आफूले मात्र बिक्री नगरी सबै डिलरलाई बाडिदिए केही राहत हुने थियो । तर उनीहरु सकेसम्म आफै बिक्री गरौ भन्ने ठान्छन् । जसका कारण हामीकहाँ गाडी नपाएपछि ग्राहकले काठमाडौंमै गएर बुकिङ लिन थालेका छन् ।’
नेपाली बजारमा अहिले महिन्द्रा, हुन्डाई, सुजुकी, निसान, रेनो, टोयोटा, टाटा लगायत प्रायः सबैजसो ब्रान्डका चल्तीका मोडलमा अभाव देखिएको छ । जसका कारण ग्राहकले भनेकै समयमा गाडी हात पार्न सक्ने स्थिति देखिएको छैन । कतिपय यस्ता ब्रान्डका कारलाई त ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने अवस्था समेत देखिएको छ । विश्व बजारमा अहिले देखिएको सेमी कन्डक्टरको अभाव तत्कालै सहज नहुने हुँदा यो समस्या लामै समय लम्बिने निश्चित प्रायः बनेको छ ।
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले...
नयाँ जेनेरेसनको महिन्द्रा स्कोर्पियो भारतमा सबैभन्दा प्रतीक्षित कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...