धादिङमा अटोल्यान्ड स्थापनामा जोड, त्रिपाठी फेरि बने एसोसिएसनको अध्यक्ष

धादिङ – पूर्व मन्त्री तथा धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपालको पहिलो अटोल्यान्ड बुटवलको अवधारणा आफूले ल्याएको र धादिङमा पनि अटोल्यान्डको सम्भावना उच्च रहेको बताएका छन् । यसका लागि बेल्खु खोलाको बगर उपयुक्त रहेको र अटोल्यान्ड स्थापनाको लागि आफूले हरसम्भव प्रयत्न गरिरहने पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।

गत बिहीबार धादिङ अटोमोबाइल एसोसिएसनको छैठौं वर्षिक साधारणसभा तथा दोश्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पाण्डेले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले संस्थाले शुरूवात गरेको बिमाको कार्यक्रम तथा मजदुर भलार्इ कोष प्रशंसनिय रहेको समेत बताए ।

विशिष्ट अतिथिको बोल्दै वाग्मती प्रदेशका सांसद मायादेवी शर्माले संस्थाले छोटो समयमा धेरै सदस्य वृद्धि गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै अटोल्यान्ड स्थापना गर्नको लागि आफूले प्रदेशसभामा वुलन्द आवाज उठाउने प्रतिज्ञा गरिन् ।

विशेष अतिथि बेनिघाट रोराङ गाउपालिकाका अध्यक्ष एवं उपाध्यक्ष क्रमशः कृष्णबहादुर थपलिया र टापबहादुर श्रेष्ठले स्थानीय सरकारले धादिङ अटोमोबाइल एसोसिएसनको हर समस्यामा साथ दिने वचनवद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरे ,वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, महासचिव टिकादत्त अधिकारी, उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष शेषकान्त कडेल एवं विभिन्न जिल्लाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा धादिङ जिल्लाभर जुनसुकै वर्कशपमा गाडी मर्मत गर्दा एउटै दररेटमा मर्मत गराउन सकिने मर्मत सम्भार मूल्य सूची समेत सार्वजनिक गरिएको थियो। साथै उक्त कार्यक्रममा मनमोहन मेमोरियल मेडिकल कलेज तथा टिचिङ अस्पताल एवं मलेखु टिचिङ हस्पिटल बीच अस्पतालमा उपलब्ध हुने सेवा सुबिधामा धादिङ अटोमोबाइल एसोसिएसनका सदस्यले उपचार गराउदा ७ देखि २० प्रतिशत छुट सुविधा प्राप्त गर्ने कार्यक्रममा सम्झौता हस्ताक्षर समेत भएको थियो।

उक्त कार्यक्रममा धादिङ जिल्लामा रहेर लामो समयसम्म अटोमेकानिक्सको क्षेत्रमा योगदान गर्ने मेराज कैसलाइ सम्मान एवं कदरपत्र प्रदान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि राजेन्द्रप्रसाद पाण्डेले संस्थाले तयार पारेको नयाँ वर्ष २०८०को भित्तेपात्रो समेत अनावरण गरेका थिए।

संस्थाले विगतमा झै यस वर्ष पनि मेकानिक्सहरुको बिमाको कार्यक्रमलाई निरन्तरता दिदै तीन लाख सम्मको दुर्घटना बिमा गर्नुका साथै कार्यस्थलमा काम गर्दाको बखत दुर्घटना भएमा एक लाख सम्मको औषधि उपचार खर्च व्यहोर्ने संस्थाका अध्यक्ष इन्द्रकुमार त्रिपाठीले जानकारी दिए।

उक्त कार्यक्रममा सिप्रदी अटो पार्ट्स प्रालिले सह–प्रायोजकको भूमिका निभाएको थियो।

संस्थाको दोश्रो अधिवेशनले इन्द्रकुमार त्रिपाठीलाइ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने प्रथम उपाध्यक्ष गणेशप्रसाद पाठक, द्वितीय उपाध्यक्ष दिलिप पाठक, महासचिव लालबहादुर श्रेष्ठ, सचिव रवि रेग्मी र कोषाध्यक्ष प्रताप भट्ट चयन भएका छन् । सदस्यहरुमा मुकुन्द रेग्मी, रविन रेग्मी, सुशील आचार्य, रविशंकर शाह, सुमन पाठक, प्रकाश पोखरेल र प्रवीण धिमाल निर्वाचित भएका छन् ।

सम्बन्धित समाचारहरू

बक्सी अटोको डिलरमिट कार्यक्रम सम्पन्न

बक्सी अटोको डिलरमिट कार्यक्रम सम्पन्न

भारतको बहुराष्ट्रिय कम्पनी बक्सी ब्रान्डको तिनपाङ्ग्रे अटोको नेपालका...

इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

हेनरी रोयस गरिब परिवारमा जन्मेका थिए र ९ वर्षकै उमेर देखि काम गर्न थालेका...

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...