काठमाडौंमा पार्किङ : अन्डरग्राउन्ड कि बहुतले ?
पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको समयमा काठमाडौंमा पार्किङको चर्चा...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी आइसोलेसन केन्द्रलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । संघले काठमाडौंको कलंकीदेखि बालाजुसम्म सिलिन्डर संकलन गरी हस्तान्तरण गरेको हो ।
संघले सांसद जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोललाई १३ थान अक्सिनज सिलिन्डर हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, प्रमुख सल्लाहकार महेश बज्राचार्य, सचिव सुमन सुवेदी, सहकोषाध्यक्ष रामप्रसाद भट्टराई, सदस्य फुलबहादुर लामाको उपस्थितिमा सो कार्य सम्पन्न भएको थियो ।
त्यसैगरी कोटेश्वरदेखि सानेपासम्म जम्मा गरिएका १३ थान सिलिन्डर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पाटन हस्पिटलका प्रशासकिय अधिकृत श्री लिला राज आचार्य लाई हस्तान्तरण गरिएको छ ।
अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, कार्यसमिति सदस्य बद्रि कुमार श्रेष्ठ, संस्थाका सदस्य नैना तामाङ्गको उपस्थितिमा सो हस्तान्तरण समारोह सम्पन्न भएको थियो ।
संघले सदस्यहरुसँग रहेका खाली वा भरिएका सिलिन्डर उपलब्ध गराउन आग्रह गरिरहेको छ । नियमित रुपमा यस्ता सिलिन्डर जम्मा गरी हालको विषम परिस्थितिमा विभिन्न निकायलाई हस्तान्तरण गरिने र यसबाट कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको संघले जनाएको छ ।
पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको समयमा काठमाडौंमा पार्किङको चर्चा...
अटोमेटिक क्लाइमेट कन्ट्रोल कारमा हुने विशेष सेफ्टी फिचर हो । के तपाईंलाई...
कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने कारमा पाइने सेफ्टी फिचरको बारेमा विशेष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...