वर्कसपका लागि नयाँ दरको कर लागू गर्न अटो मेकानिक्स व्यवसायी संघले ग-यो महानगरपालिका समक्ष माग

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं महानगरपालिकाले लगाएको विभिन्न व्यावसायिक कर अव्यावहारिक रहेको भन्दै नयाँ दर लागू गर्न माग गरेको छ ।

संघ र महानगरपालिका बीच गत जेठ २६ गते यस सम्बन्धी अन्तक्र्रिया समेत सम्पन्न भएको थियो । सोही अन्तक्र्रियाका आधारमा संघले नयाँ दरको कर प्रणाली लागू गर्न माग गरेको छ ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका महासचिव सुशील ढकालद्वारा हस्ताक्षरित माग पत्र ढकालका साथै उपाध्यक्ष माधवबहादुर रिमाल र निवर्तमान अध्यक्ष दीपक खड्काले महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीलाई बुझाए ।

यस अनुसार इन्जिनियरिङ वर्कसपका लागि १५ हजार, बडी निर्माण मर्मत, टर्बो हाइड्रोलिक, पम्प नोजल इन्जेक्टर र लेथ वर्कसपका लागि ७ हजार ५ सय रुपैयाँ कर लागू गर्न माग गरेको छ ।

संघले इन्जिन मर्मत वर्कसप, डेन्टिङ वर्कसप र स्प्रिङ पत्ता वर्कसपका लागि ५ हजार रुपैयाँ लागू गर्न माग गरेको छ । त्यसैगरी पेन्टिङ वर्कसप, हेड मर्मत वर्कसप, अटो इलेक्ट्रिक वर्कसप, सिट मर्मत र टायर पन्चर मर्मतका लागि ३ हजार रुपैयाँ करको दर लागू गर्न माग गरेको छ ।

काठमाडौं महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमार्फत विभिन्न प्रकारका अटोमोबाइल वर्कसपहरुलाई वार्षिक रुपमा २५ हजार रुपैयाँ सम्म करको व्यवस्था गरिएको र साना वर्कसप व्यवसायीहरुका लागि यो कर व्यावहारिक नभएकाले नयाँ करको दर लागू गर्न सुझाव दिएको संघका निवर्तमान अध्यक्ष दीपक खड्काले बताए ।

अन्तक्र्रिया पश्चात महानगरपालिकाले नयाँ करको वारेमा सुझाव मागेको र आफूहरुले सोही अनुसार नयाँ दर माग गरेको संघको भनाइ छ । यस अनुसार वर्कसपका लागि बढीमा १० हजार रुपैयाँ कर लागू गर्न संघले सुझाव दिएको छ ।

त्यसैगरी हाल दिदै आएको बहाल करको दर १० प्रतिशत व्यावहारिक र यथार्थपरक नदेखिएकाले यसलाई ५ प्रतिशत लागू गर्न समेत संघले माग गरेको छ ।

संघको माग अनुसार आगामी दिनमा करको दरलाई परिमार्जन गरिने महानगरपालिकाको आश्वासन पाएको अटो मेकानिक्स व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित समाचारहरू

कारमा हुने १० फिचर : जुन नभए पनि केही फरक पर्दैन

कारमा हुने १० फिचर : जुन नभए पनि केही फरक पर्दैन

साधारणतया कार खरिद गर्दा धेरै भन्दा धेरै फिचर भएको कारको छनौट गरिन्छ । तर...

माथि गाडी, तल रेल चल्ने : बंगलादेशमा बन्यो ६ किमीभन्दा लामो दुई तले पुल

माथि गाडी, तल रेल चल्ने : बंगलादेशमा बन्यो ६ किमीभन्दा लामो दुई तले पुल

बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो...

किकबाट बाइक स्टार्ट नभएमा यसो गरौ

किकबाट बाइक स्टार्ट नभएमा यसो गरौ

लामो समयको अन्तरालमा बाइक स्टार्ट गर्नु खोजेमा बाइक सजिलै स्टार्ट हुँदैन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...