इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

अटोमोबाइल इतिहासमा आज अर्थात अगस्त २९ को दिनलाई विशेष मानिन्छ । आजकै दिन विश्वकै पहिलो मोटरसाइकल रेटवागेनको प्याटेन्ट दर्ता भएको थियो । आजभन्दा १३६ वर्षअघि अर्थात २९ अगस्ट १८८५ मा जर्मन नागरिक डेम्लरले काठबाट निर्मित आधुनिक मोटरसाइकलको प्याटेन्ट दर्ता गराएका थिए ।

त्यसैगरी आजकै दिन अमेरिकामा विश्व प्रख्यात गुडइयर टायर उद्योगको स्थापना गरिएको थियो । आज भन्दा १२३ वर्षअघि अर्थात सन् १८९८ मा अमेरिकाको ओहियो राज्यमा फ्रांक सेवरलिंगले यसको सुरुवात गरेका थिए । १३ जना कामदार राखेर सुरुवात गरिएको यो उद्योगले तत्कालीन समयमा मोटरसाइकल र घोडाले तान्ने रथमा प्रयोग हुने टायर उत्पादन गर्ने गथ्र्यो । आजको दिनमा यो विश्वको सर्बाधिक ठूला टायर उद्योगको सूचीमा समावेश छ ।

आजकै दिन अर्थात सन् १९१७ मा प्रख्यात अटोमेकर लिंकन मोटर्सको स्थापना गरिएको थियो । १०४ वर्ष पुरानो यो कम्पनीलाई अमेरिकामा हेनरी लेलान्डले स्थापना गरेका हुन् । सन् १९२२ मा फोर्ड मोटरले यसको स्वामित्व खरिद गरेको थियो ।

६४ वर्षअघि अर्थात सन् १९५७ मा आजकै दिन पहिलो पटक मापसे जाँच गर्ने विधिको परीक्षण गरिएको थियो । ड्रंकोमिटर नाम दिइएको उक्त परीक्षणका क्रममा कसैले मापसे गरेको छ वा छैन अर्थात गरेको छ भने कतिमात्रामा गरेको छ भनेर मापसे गर्नेलाई बेलुनमा फुक्न लगाइन्थ्यो र उक्त स्वाशलाई केमिकल भएको मेसिनमा पठाइन्थ्यो । यसो गर्दा केमिकलको रङ परिवर्तन भए उसले मापसे गरेको ठहरिन्थ्यो । कलर जति गाढा भयो त्यति नै बढी मात्रामा मापसे गरेको बुझिन्थ्यो ।

सम्बन्धित समाचारहरू

रिकन्डिसन अटो व्यवसायीले गरे रक्तदान

रिकन्डिसन अटो व्यवसायीले गरे रक्तदान

काठमाडौं – सेकेन्ड ह्यान्ड कार विक्रेता व्यवसायीहरुको संस्था नेपाल...

जडिबुटीमा खुल्यो सुविधा सम्पन्न वाइक सर्भिसिङ सेन्टर अटोमाण्डु

जडिबुटीमा खुल्यो सुविधा सम्पन्न वाइक सर्भिसिङ सेन्टर अटोमाण्डु

काठमाडौं– जडिबुटीस्थित नरेफाँटमा अटोमाण्डु स्टेशन संचालनमा आएको छ । मधेश...

नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा हरि श्रेष्ठ चयन

नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा हरि श्रेष्ठ चयन

नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको चौथो नगर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...