नासा फाउन्डेसन र अटो पत्रकार संघ (जाम) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं – नेपालमा सडक सुरक्षा र मोटर स्पोट्र्सको क्षेत्रमा कार्यरत नासा...
चितवनमा पहिलो पटक अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) वाग्मती प्रदेश संघद्वारा आयोजना गरिने सो च्याम्पियनसिप आगामी बैशाख ३० गते हुनेछ ।
भरतपुरमा रहेको महालक्ष्मी ट्रायल सेन्टर प्रालिको १ किमी ट्रयाकमा सो प्रतियोगिता हुने आज आयोजित कार्यक्रममा जानकारी दिइयो । नासा नेपाल वाग्मती प्रदेश अध्यक्ष राजन पियाका अनुसार १६ देखि २५ जना ड्राइभर सहभागी गराउने योजना रहेको छ । नेपाल भरिका कुनै पनि स्थानका इच्छुक ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्ने छन् जसले नासा नेपालको लाइसेन्स लिएको भने हुनुपर्नेछ ।
सो कार्यक्रमका विजेताले क्रमशः २७ हजार, ९ हजार र ३ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । वैशाख २९ गते अपरान्ह सम्पूर्ण सहभागीलाइ अरिएन्टेशन दिइनेछ भने कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिक गरि ८० जनाको सहभागिता रहनेछ ।
कार्यक्रमका सहभागीले दर्ता शुल्क वापत ३ हजार वुझाउनु पर्नेछ भने २ दिनको आवास तथा लन्चका साथै समूहिक बिमा तथा अटो जिमखाना र रोड सेफ्टीको ओरिएन्टेसन प्राप्त गर्नेछन् ।
कार्यक्रममा सवै किसिमका १२०० देखि २००० सीसी सम्मका गाडीले भाग लिन पाउनेछन् भने ५ जना सम्म महिला सहभागी भएमा छुट्टै क्याटागोरी बनाइने छ ।
कार्यक्रमको लागि राजन पियाको संयोजकत्वमा व्यवस्थापन टिम र गोपाल भट्टराईको संयोजकत्वमा आर्थिक टिम वनाइएको छ ।
भरतपुर महानगरपालिकाका मेयरद्वारा शुभारम्भ गरिने सो प्रतियोगिताको समापन भने वाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिवद्वारा हुने बताइएको छ ।
१४ लाख ३० हजार कुल लागत अनुमान गरिएको कार्यक्रममा महानगरपालिका, वाग्मती खेलकुद विकास परिषद, उद्यमी, व्यवसायी तथा दर्ता शुल्क मार्फत बजेट व्यवस्थापन गरिनेछ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण टेलिभिजनबाट गरिनेछ भने प्राविधिक संयोजन नासा नेपालका अन्तर्राष्ट्रिय तालिम प्राप्त मार्शल तथा फोर ह्विलर टिमका संयोजक अनिल बरालले गर्नेछन् ।
एक दशक देखि नेपालमा र चितवनमा समेत शुरुवात भएको मोटर स्पोर्ट्सको दर्जनौ इभेन्टहरु हाल नेपालमा भइरहेका छन् भने चितवनमा अटो जिमखानाको पहिलो इभेन्ट हो । टीएसडी र र्याली लगायतको इभेन्टहरु नासा नेपाल चितवनको नाममा आयोजना भएका थिए भने यस पटकको इभेन्ट भने नासा नेपाल वाग्मती संघको नाममा हुन् गइरहेको हो । नासा नेपाल वाग्मतीको नेतृत्व र सचिवालय समेत चितवनमा नै रहेको छ ।
मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिन्छ, जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सिर्जना प्रस्तुत गर्नेछन् ।
काठमाडौं – नेपालमा सडक सुरक्षा र मोटर स्पोट्र्सको क्षेत्रमा कार्यरत नासा...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को एघारौँ साधारण सभा...
काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई महानगरको सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...