अन्तर्राष्ट्रिय महिला दिवसमा महिला मोटरसाइकल र्याली आयोजना
महिलाको मोटर स्पोर्ट्समा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ...
चितवन – नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा) को संयुक्त आयोजनामा चितवनकै पहिलो रोमान्चक र साहसिक मोटर स्पोर्टस् गेम ‘नेपाल अटो जिमखाना’ आज शुरु हुँदैछ ।
आज र भोलि गरी दुई दिन सम्म चल्ने सो गेममा कुल २१ जनाको सहभागिता निश्चित भएको आयोजकको भनाइ छ ।
शुक्रबार प्राक्टिस र क्लालिफाइङ राउन्ड शुरु भई शनिबार विहानै देखि फाइनल इभेन्टहरु सञ्चालन हुनेछ । विजयीहरुलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालद्वारा पुरस्कृत गरिने छ ।
चितवनलाई साहसिक र खेल पर्यटनको मुख्य गन्तव्य बनाउने अभियानमा रहेको भरतपुर महानगरपालिकाको समेत मुख्य सहयोग रहेको सो इभेन्टमा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सक्रिय सहयोग प्राप्त भएको बताइएको छ ।
थ्रिल, एड्भेन्चर र स्किलको संयोजनबाट खेलिने अटो जिमखानाका कुल सहभागी २१ मध्ये १४ ड्राइभर चितवन बाहिरका र ७ ड्राइभर चितवन भित्रैका रहेका छन् भने जम्मा २ जना महिला प्रतिस्पर्धी हुनेछन्।
बेष्ट टाइमिङ्गको आधारमा च्याम्पियनसिपका विजेता १ जना तथा महिलाबाट १ जनाले आगामी नोभेम्बरमा चाइनिज ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागिताको अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी पहिलो दोश्रो र तेश्रोले क्रमशः २७ हजार ९ हजार र ३ हजार नगद र शिल्ड प्राप्त गर्नेछन् भने सम्पूर्ण सहभागीलाइ प्रमाणपत्र प्रदान गरिनेछ । शुरुवातमा १२०० देखि २ हजार सीसी सम्मको गाडीहरु भनिए पनि प्राविधिक कारणबस एक हजार सीसी माथिका सबै किसिमका गाडीलाई खुल्ला गरिएको छ ।
सो इभेन्टको प्राविधिक कार्यको लागि नासा नेपालका दक्ष मार्शलहरुको सहयोग हुने बताइएको छ ।
महिलाको मोटर स्पोर्ट्समा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी आर्थिक वर्षको...
मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन डेल अटोमोबाइल्स (एफआईए)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...