अटो एक्स्पो २०२३ मा हुने छैनन चल्तिका यी ५ व्रान्ड, विद्युतिय सवारी प्रमुख आकर्षण वन्ने

भारतमा ३ वर्षपछि आयोजना हुन लागेको अटो एक्सपो २०२३ जनवरी ११ देखी शुरु हूँदै छ । उत्तर प्रदेशस्थित ग्रेटर नोयडामा आयोजना हुने उक्त एक्सपोमा विश्वका अधिकांश सवारी उत्पादक सहभागी हुँदै छन् । तर भारतको चर्चित सवारी उत्पादक महिन्द्रा सहित फक्सवागन, स्कोडा, निशान र रेनो लगायत अन्य केही कार निर्माता कम्पनीले भने एक्सपोमा सहभागी नुहुने निर्णय लिएका छन् ।

एक्सपोमा विभिन्न ब्रान्डले आफ्ना चल्तिका सवारी साधन प्रदर्शन गर्दै आइरहेकोमा यसपटक विद्युतीय सवारी प्रमुख आकर्षण वन्ने देखिएको छ । मेलामा ३० भन्दा बढी मोडलका विद्युतिय सवारी प्रर्दशन हुने आयोजक संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम) ले जनाएको छ ।

मेलामा टाटा मोटर्स, हुन्डाई मोटर इन्डिया तथा एमजी मोटरले १५ लाख भारुभन्दा कम मूल्यका विद्युतीय कार प्रदर्शन गर्न तयारी गरेका छन् । यसैगरी ईभीमात्र उत्पादन गर्ने ब्रान्डहरु प्रभाग डाइनामिक्स, ग्रेभ्स कटन, ओमेगा सिकी, ओकिनावा अटोटेक, हिरो इको टेक, एलएमएल इमोसन्सलगायत दर्जनभन्दा बढी व्रान्डले नयाँ सवारी प्रदर्शन गर्नेछन् ।

एक्सपोमा ७० भन्दा बढी व्रान्ड सहभागी हुने एसआईएएमको भनाई छ । विभिन्न व्राण्डले भविष्यमा आउने तयारी भइरहेका सवरीको प्रोटोटाइप समेत प्रदर्शन गर्ने भएका छन् । मेलामा ठूला र स्थापित व्रान्ड सहित नयाँ स्टार्ट अप कम्पनीहरुको पनि उल्लेख्य सहभागिता हुने भएको छ ।

भारतमा आयोजना हुने सो एक्सपोलाई नेपाली अटो व्यवसायी र अटो पारखीले पनि उत्तिकै महत्वका साथ हेर्ने गरेका छन् । भारतमा सार्वजनिक गरिने र आउने तयारीमा रहेका सवारी साधन ढिलो चाँडो नेपाली बजारमा समेत आउने कारण पनि नेपाली अटो पारखीको प्राथमिकतामा अटो एक्स्पो पर्ने गरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...