आधिकारिक रुपमै नेपाल भित्रिए अउडीका विद्युतीय कार, मूल्य १ करोड ५० लाख सम्म

काठमाडौं – जर्मन बिलासी कार अउडी आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको छ । काइरोस इन्टरनेसनलले अउडीका विद्युतीय कार नेपाली बजारमा आधिकारिक रुपमा भित्र्याएको हो ।

हाल कम्पनीले अउडी क्यू फोर ३५ ई–ट्रोनका दुई भेरिएन्ट ई–ट्रोन ३५ र ई–ट्रोन ३५ स्पोर्टब्याक उपलब्ध गराएको छ । यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । सो कारमा रहेको मोटरको पिक पावर १२५ किलोवाट रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । उत्कृष्ट विशेषतायुक्त सो कारको विश्व स्तरमा समेत निकै नै चर्चा हुने गरेको छ ।

शुरुमा दुई मोडल भित्र्याएको कम्पनीले आगामी दिनमा अन्य मोडल समेत भित्र्याउने बताएको छ । कम्पनीले उच्च स्तरीय सर्भिसका लागि समेत तयारी गरेको बताएको छ ।

अउडी क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख र अउडी क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेको छ ।

पहिले पनि केही युनिट गाडी नेपाली बजारमा उपलब्ध भइरहे पनि आधिकारिक बिक्रेता थिएन । तर अब भने आधिकारिक बिक्रेतामार्फत औपचारिक रुपमा अउडी ब्रान्ड नेपाल भित्रिएको हो ।

सम्बन्धित समाचारहरू

लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

चीनीयाँ व्रान्ड ल्यूयानको इलेक्ट्रिक स्कुटर एमएनके३ लिड एसिड र लिथियम...

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा समेत गाडी चोरी...

बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...