आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११

रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार भारु तोकिएको छ । सो बाइक ७ रङ विकल्पमा लन्च गरिएको छ । यसको टप भेरिएन्टको मूल्य २ लाख ८ हजार भारु रहेको छ । यो कम्पनीको अर्को बाइक हिमालयनमा आधारित छ ।

बाइकमा रियर भ्यू मिरर, वायर स्पोक ह्विल र वाइड फेन्डरहरू छन् । यसका साथै यसमा सिंगल पीस सिट, राइज एक्जस्ट, इन्जिन गार्ड दिइएको छ । यसको हेलोजन हेडलाइट सामान्य छ । यस बाइकमा बेसिक स्वीचगियर दिइएको छ ।

रोयल इन्फिल्ड स्क्राम ४११ मा ट्विन पोड एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ र यसमा पोड ट्रिपर नेभिगेसन सिस्टम छ । बाइकको मुख्य क्लस्टर इन्स्ट्रयुमेन्टेन्समा एनालग स्पीडोमिटर, स्पिड देखाउनको लागि डिस्प्ले जोडिएको छ । गोलाकार पोडमा एलसीडी स्क्रिन छ जसले फ्युल स्तर, ट्रिप मिटर र ओडोमिटर तथा समय देखाउँछ ।

रोयल इन्फिल्ड स्क्राम ४११ मा ४११ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ६५०० आरपीएममा २४.३ बीएचपीको पावर र ४५०० आरपीएममा ३२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड स्लिक सिफ्टिङ गियरबक्स दिइएको छ ।

बाइकको फ्रन्टमा १९ इन्चको र रियरमा २१ इन्च टायर जोडिएको छ । ब्रेकिङका लागि रियरमा ३०० एमएम डिस्क र २४० एमएम डिस्क दिइएको छ । सस्पेन्सनको लागि फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क र मोनोसक फोर्क दिइएको छ । साथै बाइकमा १५ लिटरको इन्धन ट्याङ्की छ भने यसको तौल १८५ केजी छ भने २०० एमएमको ग्राउन्ड क्लियरेन्समा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लाल र प्रमुख कार्यकारी अधिकृत...

रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले इटालीमा जारी अन्तर्राष्ट्रिय मोटरसाइकल शो ईआईसीएमएमा...

सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

युवाहरु माझ रेट्रो बाइकको क्रेज दिनानुदिन बढिरहेको छ । एड्भान्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...