नारायणीमा आकर्षक सिग्नेचर ब्रिज बनाइने, अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइने

चितवन – सरकारले प्रस्तुत गरेको बजेटमा चितवन जिल्लाका विभिन्न क्षेत्रलाई समेटेको छ । सरकारले नारायणी नदीको त्रिवेणीबाट नारायणगढ, देवघाट हुँदै दासढुङ्गासम्मको खण्डलाई मदन–आश्रित जलमार्ग नामकरण गर्दै बजेट विनियोजन गरेको छ । नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

नारायणीको सडक पुललगायत देशका १० वटा सडक पुललाई स्तरोन्नति आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने योजना सरकारले बनाएको छ । ती पुलको डिजाइन एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइनेछ ।

भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । देशभरका आन्तरिक विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि रु एक अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनः रेखाङ्कन गरी निर्माण गरिने बजेटमा प्रस्तुत गरिएको छ । देवघाटलगायत देशभरका धार्मिक क्षेत्रको संरक्षण र विकासका लागि बजेट व्यवस्था गरिएको छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । 

सम्बन्धित समाचारहरू

ड्राइभिङका लागि जापान सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब

ड्राइभिङका लागि जापान सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब

सडक सुरक्षालाई ध्यानमा राख्दै विश्वका उत्कृष्ट र खराब ड्राइभिङ देशहरूको...

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’...

काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...