२० प्रतिशतसम्म रेन्ज बढाउन टेस्लाले नेक्स्ट जेनेरेसन कारमा प्यानासोनिक ब्याट्री प्रयोग गर्ने
प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...
ग्रेटवाल मोटर्स (जीडब्लुएम) ले चीनमा चलिरहेको चेङदु मोटर शो २०२२ मा आफ्ना ६ मोडल प्रदर्शन गरिरहेको छ । विभिन्न मिडिया आउटलेट र एक्जिविसन हलमा कम्पनीले विभिन्न आई–क्याचिङ न्यु इनर्जी मोडल डिस्प्ले गरेको छ ।
जीडब्लुएम अन्तर्गतका ह्यावल, ट्यांक र वेईले विभिन्न हाइब्रिड इलेक्ट्रिक भेइकल उपलब्ध गराएका छन्, जसले जीडब्लुएमको हाइब्रिड प्रोडक्ट म्याट्रिक्सलाई अझै फेलाउने कार्यमा सहयोग गर्नेछन् ।
अन्य दुई प्योर इलेक्ट्रिक ब्रान्ड ओरा र सारले समेत आफ्नो इनोभेटिभ फर्म र फरक स्टाइलका कारण धेरैको ध्यान खिच्न सफल भएका छन् ।
ह्यावल ब्रान्ड अहिले ‘न्यु इनर्जी एसयूभी एक्सपर्ट’ को रुपमा परिचित बनेको छ । ह्यावलले एच६–एचईभी, एच६–पीएचईभी र एच–डीओजी जस्ता न्यु इनर्जी भेइकल मोडल डिस्प्ले गरेको छ । ती मध्ये ह्यावल एच–डीओजी चाहिं न्यु इनर्जी हाइब्रिड एसयूभी हो, जुन त्यहीबाट ग्लोबल डेब्यु गरिएको छ । यसमा १.५टी सहित डीएचटी र पीएचईभी पावरट्रेन रहेको छ, जसको समग्र पावर २४० किलोवाट र टर्क ५३० एनएम छ । कोजियर ड्राइभिङ स्पेस सहितको यो गाडीले ब्रोडन लाइफ बाउन्डरीका लागि प्रयोगकर्तालाई सहज बनाउछ ।
ग्लोबल मार्केटका लागि आगामी दिनमा ह्यावलले धेरै उत्पादन बजारमा ल्याउने गरी कार्य गरिरहेको र यसैको संकेतको रुपमा हाल केही मोडल सार्वजनिक गरेको बताइएको छ ।
ट्यांकले पनि हाल ट्यांक३०० एचईभी र ट्यांक५०० पीएचईभी डिस्प्ले गरेको छ । पावरफुल न्यु इनर्जी पावर सहितका यी गाडीले रिलायबल र स्टेबल अफरोड क्यापाबिलिटीलाई एकीकृत गर्ने कम्पनीको भनाइ छ । ग्राहकले यसबाट एकै समयका ग्रीन र कन्भेनियन्ट ट्राभलका साथ अफरोड अनुभव लिन सक्छन् ।
त्यसैगरी वेईले चाइनिज बजारका लागि लात्ते डीएचटी–पीएचईभीका साथै समग्र बजारका लागि कफि ०१ र अन्य हाई–इन्ड इन्टेलिजेन्ट न्यु इनर्जी मोडल उपलब्ध गराएको छ । कफि ०१ चाहिं युरोपेली बजारमा प्रवेश गरेको वेईको पहिलो मोडल हो र यसलाई विशेष गरी औद्योगिक व्यवसायी र स्थानीयले निकै नै मन पराएका थिए ।
जीडब्लुएमले न्यु इनर्जी क्षेत्रमा कार्य गर्नका लागि एक विकास रणनीति स्थापित गरेको छ, जस अन्तर्गत हाइब्रिड इलेक्ट्रिक र प्योर इलेक्ट्रिक क्षेत्रमा कार्य गर्नका लागि मल्टिपल टेक्नोलोजी रुटको प्रयोग गरिने छ ।
त्यसैगरी प्रयोगकर्ताहरुलाई ग्रिनर, सेफर र स्मार्टर प्रोडक्ट उपलब्ध गराउनका लागि आर एन्ड डीको क्षेत्रमा सन् २०२५ सम्ममा १०० बिलियन युआन खर्च गर्ने बताएको छ । २०२५ स्ट्राटेजी ग्लोबल लन्च कन्फ्रेन्समा कम्पनीले सन् २०२५ सम्ममा जीडब्लुएमका न्यु इनर्जी भेइकलले ८० प्रतिशत स्थान ओगट्ने कम्पनीले घोषणा गरेको थियो ।
ह्यावल ब्रान्डको न्यु इनर्जी स्ट्राटेजी कन्फ्रेन्समा जीडब्लुएमका अध्यक्ष मु फेङले ‘जीडब्लुएमको न्यु इनर्जी स्ट्राटेजी फुल स्विङमा कार्यरत रहेको’ बताएका थिए ।
जीडब्लुएम अन्तर्गत विभिन्न ब्रान्डका सवारी साधन उत्पादन हुन्छन् । जीडब्लुएमसँग हाल ह्यावल, वेई, ओरा र जीडब्लुएम गरी चार ब्रान्डहरु छन् । नेपाली बजारमा पनि ह्यावल, ओरा र जीडब्लुएम ब्रान्डका सवारी साधन उपलब्ध छन् । नेपालमा भीजी इम्पेक्सले यी ब्रान्डको कारोबार गरिरहेको छ ।
प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...
टोयोटाको इलेक्ट्रिक कारले वायरलेस चार्जिङ रोडवेमा नरोकिई १ हजार २ सय माइल...
एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...