बौद्धमा टेस्ट राइड जोन ल्याउँदै एथर स्कुटर

काठमाडौं - एथर स्कुटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गर्ने भएकाे छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आउन लागेको हाे ।

एथरले उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गर्ने जनाइएकाे छ । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ ।

नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् ।

साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ।

यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

मारुती देखि टाटा र महिन्द्रा सम्मका नयाँ इलेक्ट्रिक कार लन्च हुँदै

मारुती देखि टाटा र महिन्द्रा सम्मका नयाँ इलेक्ट्रिक कार लन्च हुँदै

भारतमा अहिले इलेक्ट्रिक सवारी साधनको माग निरन्तर बढिरहेको छ । बढ्दो...

आयो एयरब्याग भएको हेलमेट

आयो एयरब्याग भएको हेलमेट

हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...

महिला लक्ष्यित कोमाकी फ्लोरा प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १४ हजार छुट अफर

महिला लक्ष्यित कोमाकी फ्लोरा प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, १४ हजार छुट अफर

काठमाडौं – जापनिज प्रविधिद्वारा भारतमा उत्पादन हुने कोमाकी ईभीको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...