बिल्ट–इन स्पिकरको साथ एथरले ल्यायो स्मार्ट हेल्मेट, यस्तो छ विशेषता

इलेक्ट्रिक टु–ह्विलर उत्पादक एथरले स्मार्ट हेल्मेट लन्च गरेको छ । कम्पनीले भर्खरै सम्पन्न एथर कम्यूनिटी डे–२०२४ को अवसरमा रिज्टा स्कुटरको साथ हेलो र हेलो बीट बिल्ट–इन स्पिकर सहितको स्मार्ट हेलमेट सार्बजनिक गरेको हो ।

हेलो फूल फेस र हेलो बिट हाफ फेस डिजाइनमा उपलब्ध छ । दुबै मोडेलमा एकीकृत हरमन कार्डन स्पिकर र माइक रहेको छ । हेलमेटलाई स्मार्टफोनसँग जोड्न सकिन्छ, जसले प्रयोगकर्तालाई संगीत सुन्न र फोन कलहरू प्राप्त गर्न अनुमति दिन्छ ।

यी हेल्मेट ताररहित रूपमा चार्ज गर्न सकिन्छ । ब्याट्री करिब १० दिन टिक्न सक्ने कम्पनीको दाबी छ ।

एथर हेलोको मूल्य १४ हजार ९९९ हेलो बिटको ४ हजार ९९९ रुपैयाँ तोकिएको छ । हेलो खरिद गर्ने पहिलो एक हाजर खरिदकर्तालाई १२ हजार ९९९ रुपैयाँमै हेल्मेट उपलब्ध गराउने कम्पनीको भनाई छ । दुबै मोडल आईएसआई र डीओटी प्रमाणित भएका कारण एकदमै सुरक्षित रहेको कम्पनी दावी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...