जेसीबी वा निर्माण उपकरणको रङ किन पहेलो हुन्छ ?
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
काठमाडौं – नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा मात्र ६ नयाँ कम्पनी दर्ता भएका छन् । यसरी दर्ता भएका कम्पनीहरुले नेपालमा सवारी साधन एसेम्बल गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने र नेपालमै रोजगारी समेत उपलब्ध गराउने छन् ।
उद्योग विभागका अनुसार गत वर्षको साउन यता करिव आधा दर्जन यस्ता कम्पनी दर्ता भएका छन् । यी कम्पनीले विद्युतीय र अन्य विभिन्न सवारी साधन एसेम्बल गर्नेछन् । हाल नेपालमा यामाहा, मोटरहेड, टारो आदि ब्रान्डका मोटरसाइकल तथा सुजुकी गाडी बिक्रेता कम्पनी सम्बद्ध एसेम्बलिङ कम्पनी समेत यही आर्थिक वर्षमै दर्ता भएका छन् ।
यही जेठ महिनामै यस्ता दुई एसेम्बलिङ उद्योग दर्ता भएका छन् । सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत यस्ता उद्योगलाई सहुलियत प्रदान गरेकाले आगामी दिनमा यस्ता उद्योग दर्ताको संख्या बढ्ने अनुमान गरिएको छ । यो भन्दा पहिले पनि यस्ता प्रशस्तै संख्यामा कम्पनी दर्ता भएका छन् । यद्यपि कार्य प्रारम्भ भने धेरैले गरेका छैनन् ।
सीजी अटोमोटिभ इन्डष्ट्रिज प्रालि
बाराको परवानीपुर गाउँपालिका ४ मा स्थापित हुने सीजी अटोमोटिभका लागि १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी हुनेछ । कम्पनीले वार्षिक १० हजार दुई पांग्रे, ३ हजार तीन पांग्रे र १० हजार चार पांग्रे सवारी साधन उत्पादन गर्नेछ । यसले ११३ जनालाई रोजगारी दिनेछ । यो कम्पनी गत २०७८ साउन १० गते दर्ता भएको थियो ।
एमएडब्ल्यु अटो प्रालि
२०७८ असोज १० गते विभागमा दर्ता भएको एमएडब्ल्यु अटो प्रालि मोरङको बुढीगंगा गाउँपालिका ३ मा स्थापित हुनेछ । यसमा १ अर्ब ५१ करोड ५० लाख लगानी हुनेछ । कम्पनीले ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन गर्नेछ भने १४४ जनालाई रोजगारी प्रदान गर्नेछ ।
ई बोल्ट मोबिलिटी प्रालि
२०७८ कार्तिक ३० गते दर्ता भएको ई बोल्ट मोबिलिटीको स्थापना ललितपुरको गोदावरी ९ मा हुनेछ । २४ करोड ३० लाख रुपैयाँ लगानीमा स्थापित हुने यो कम्पनीले १५ हजार इलेक्ट्रिक स्कुटर उत्पादन गर्नेछ भने यसबाट १०० जनाले रोजगारी पाउने छन् ।
ग्लोबल अटोमोबाइल्स प्रालि
२०७८ माघ २४ गते दर्ता भएको ग्लोबल अटोमोबाइल्स प्रालि पर्साको विन्दवासिनी गाउँपालिका १ मा स्थापना हुनेछ । ४६ करोड ४५ लाख रुपैयाँ लगानीमा स्थापित हुने यो कम्पनीले ३० हजार दुई पांग्रे र ५ हजार तीन पांग्रे सवारी साधन उत्पादन गर्नेछ । यसमा १५० जनाले रोजगारी पाउने छन् ।
दुगड अटो क्लिनिक प्रालि
मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना हुने गरी दुगड अटो क्लिनिकको दर्ता गत जेठ १२ गते भएको हो । यसका लागि ३० करोड रुपैयाँ लगानी हुनेछ भने २४ हजार दुई पांग्रे र ४ हजार तीन पांग्रे सवारी साधन उत्पादन गरिने छ । यसमा १४५ जनाले रोजगारी पाउने छन् ।
एसजी अटोक्राफ्ट प्रालि
गत जेठ १७ गते उद्योग विभागमा दर्ता गरिएको विवरण अनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्नेछ ।
यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर ह्विलर्स (कार, एसयुभी, जिप) ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ । उद्योग सञ्चालनमा आउँदा चार सय ३१ जनाले रोजगारी पाउनेछन् ।
निर्माण स्थलहरूमा पहेँलो मेसिनले उत्खनन वा तोडफोड जस्ता कामहरू गरिरहेको...
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
काठमाडौं–एनआईयू स्कुटरको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...