दर्ता भयो अर्को एसेम्वल उद्योग, वार्षिक ६ हजार गाडी उत्पादन गर्ने

काठमाडौं– नेपालमै सवारीसाधन एसेम्वल गर्न भन्दै नयाँ उद्योग एसिया भेइकल दर्ता भएको छ । ८६ करोड ८९ लाख ३२ हजार रुपैयाँ लगानी गर्ने प्रस्ताव सहित उक्त उद्योग दर्ता भएको हो । उद्योगले बार्षिक ६ हजार गाडी एसेम्वल गर्ने लक्ष्य लिएको छ । उद्योगमा शत् प्रतिशत लगानी चिनियाँ हुने उल्लेख छ ।

बारा जिल्लामा स्थापना हुने उक्त एसेम्वल उद्योबाट वार्षिक ३ हजार वटा पेट्रोलियम कार र र ३ हजार वटा विद्युतीय भ्यान बनाउने योजना कम्पनीले अघि सारेको छ । उक्त उद्योगमा ९१ जनाले रोजगारी पाउने उल्लेख छ । यसअघि चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रुपैयाँ वैदेशिक लगानी सम्झौता गरेको थियो ।

कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५ हजार थान बढी इलेक्ट्रिक गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । एसेम्वल प्लान्टका लागी कम्पनीले विराटनगरमा १५ विघा जमिन खरिद गरिसकेको जनाएको छ ।

नेपालमा हाल चल्तिका अधिकांश टु–ह्विलर ब्राण्डले एसेम्वल उद्योग लगाइसकेका छन् भने फोर ह्विलरमा हुन्डाईले पहिलोपटक स्वदेशमै गाडी उत्पादन सुरु गरेको छ । परासीको रामग्राममा रहेको हुन्डाई प्लान्टले वार्षिक ५ हजार कर उत्पादन गर्ने क्षमता राख्दछ । यो उद्योगमा लक्ष्मी ग्रुपले ५ अर्व बढि लगानी गर्ने योजना बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...