बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुल्ला
नेपाली बजारमा बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुला गरिएको छ ।...
अशोक लेल्याण्डले भारतको लखनऊमा नयाँ इलेक्ट्रिक सवारी साधन उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको छ। सो प्लान्टमा विशेष रूपमा इलेक्ट्रिक बस र साना व्यावसायिक सवारी साधनहरू उत्पादन गरिनेछ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरेका हुन्।
सो प्लान्ट सवारी साधन निर्माण र औद्योगिक विकासको दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ। प्लान्टको सञ्चालनसँगै लखनऊले हरियो उद्योग र इलेक्ट्रिक सवारी उत्पादनको नक्सामा नयाँ पहिचान पाउने अपेक्षा गरिएको छ।
अशोक लेल्याण्डको स्थापना सन् १९४८ मा भएको हो र कम्पनीले ७८ वर्षको लामो यात्रामा भारतको औद्योगिक क्षमताको प्रतिनिधित्व गर्दै आएको छ। कम्पनीका अनुसार लखनऊको नयाँ प्लान्ट भविष्यलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जहाँ आधुनिक उत्पादन प्रविधि र डिजिटल प्रक्रियाको प्रयोगमार्फत इलेक्ट्रिक सवारी साधनहरू द्रुत गतिमा उत्पादन गरिनेछ।
अशोक लेल्याण्ड मुख्य रूपमा ट्रक र बस उत्पादनका लागि परिचित कम्पनी हो। यसले साना पिकअप ट्रकदेखि भारी क्षमताका ट्रेलर ट्रकहरूसम्म उत्पादन गर्दछ। कम्पनीका उत्पादन दायरामा हल्का व्यावसायिक सवारी साधन, मध्यम तथा भारी ट्रक, टिपर, कंक्रिट मिक्सर, ट्र्याक्टर ट्रेलरजस्ता विशेष प्रयोजनका सवारी साधन पर्दछ ।
साथै कम्पनीले आफ्नो सहायक कम्पनी स्विच मोबिलिटीमार्फत भविष्यका प्रविधि र इलेक्ट्रिक यातायात समाधानमा पनि काम गरिरहेको छ। अशोक लेल्याण्ड भारतीय सेनाको लागि पनि विश्वासिलो नाम मानिन्छ । कम्पनीले लडाइँ र सुरक्षाका लागि बुलेटप्रुफ तथा बारुद प्रतिरोधी सवारी साधन, फोर ह्विलदेखि बाह्र ह्विलसम्मका हाई मोबिलिटी ट्रक, एम्बुलेन्स तथा अग्नि नियन्त्रण सवारी साधन पनि उत्पादन गर्दै आएको छ।
नेपाली बजारमा बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुला गरिएको छ ।...
काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई...
परिचित कमर्सियल सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...