अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपालमा

काठमाडौं – अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । ४४ सिटर सो बसका चार वटा युनिटको वितरण पनि उद्घाटनको क्रममा सोही दिन गरिएको थियो ।

यस अवसरमा आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “ग्राहकहरूले पहिले नै नेपालमा अशोक लेल्यान्डका बस र अन्य सवारीसाधनलाई रुचाउँदै आएका छन् र अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा हामी खुसी छौं। लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित तथा सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा कम्पनी निश्चित छ।'

बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्छ।

यो बसमा इनलाइन इन्धन पम्प छ, जसले यसको मर्मत खर्च घटाउँछ। यसमा न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको जेडएफ६ फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स छ। यसले जर्मनीमा उत्पादित गियरबक्सको आयु बढाउन भूमिका खेल्छ।

इन्टिग्रल पावर स्टेयरिङ र डबल एक्टिङ्ग शक अब्जर्बरसहितको वेभलर फ्रन्ट सस्पेन्सन र लेभलिङ भल्भसहितको रियर एयर सस्पेन्सनले बसलाई आरामदायी बनाउन भूमिका खेलेको छ।

एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्छन्। सहायक ब्रेकको रूपमा इलेक्ट्रो-चुम्बकीय रिटार्डरले ब्रेक दक्षता र ब्रेक जीवन बढाउन मद्दत गर्दछ।

यो बसमा बोल्ट क्रस मेम्बरसहितको बलियो ११ इन्च लडर प्रकारको चेसिस छ, जसका कारण बस निकै सुरक्षित मानिन्छ ।

अशोक लेल्याण्ड भाइकिङ १२एम प्राइममा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस छ।

सम्बन्धित समाचारहरू

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

नेपाली अटोमोबाइल क्षेत्रमा कार्यरत युवा पुस्ताको एक प्रतिनिधि पात्र हुन्...

नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फर्मा’ सार्वजनिक भएको छ...

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

काठमाडौं – नेपालमा अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै आइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...