अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपालमा

काठमाडौं – अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । ४४ सिटर सो बसका चार वटा युनिटको वितरण पनि उद्घाटनको क्रममा सोही दिन गरिएको थियो ।

यस अवसरमा आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “ग्राहकहरूले पहिले नै नेपालमा अशोक लेल्यान्डका बस र अन्य सवारीसाधनलाई रुचाउँदै आएका छन् र अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा हामी खुसी छौं। लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित तथा सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा कम्पनी निश्चित छ।'

बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्छ।

यो बसमा इनलाइन इन्धन पम्प छ, जसले यसको मर्मत खर्च घटाउँछ। यसमा न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको जेडएफ६ फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स छ। यसले जर्मनीमा उत्पादित गियरबक्सको आयु बढाउन भूमिका खेल्छ।

इन्टिग्रल पावर स्टेयरिङ र डबल एक्टिङ्ग शक अब्जर्बरसहितको वेभलर फ्रन्ट सस्पेन्सन र लेभलिङ भल्भसहितको रियर एयर सस्पेन्सनले बसलाई आरामदायी बनाउन भूमिका खेलेको छ।

एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्छन्। सहायक ब्रेकको रूपमा इलेक्ट्रो-चुम्बकीय रिटार्डरले ब्रेक दक्षता र ब्रेक जीवन बढाउन मद्दत गर्दछ।

यो बसमा बोल्ट क्रस मेम्बरसहितको बलियो ११ इन्च लडर प्रकारको चेसिस छ, जसका कारण बस निकै सुरक्षित मानिन्छ ।

अशोक लेल्याण्ड भाइकिङ १२एम प्राइममा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस छ।

सम्बन्धित समाचारहरू

हस्तान्तरण गरिएका कैदीवाहक गाडी अशोक लेल्यान्डका, यस्ता छन् विशेषता

हस्तान्तरण गरिएका कैदीवाहक गाडी अशोक लेल्यान्डका, यस्ता छन् विशेषता

वीरगन्ज – नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्यान्डका १० वटा...

आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

काठमाडौँ – आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक...

आईएमई अटोमोटिभद्वारा महिलालाई निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर तालिम शुरु

आईएमई अटोमोटिभद्वारा महिलालाई निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर तालिम शुरु

काठमाडौं – आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरुलाई निःशुल्क हेभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...