विद्युतिय वस उत्पादन गर्न अशोक लेल्याण्डको छुट्टै प्लान्ट

कमर्सियल भेइकल उत्पादक अशोक लेल्याण्डले भारतमा विद्युतिय वस प्लान्ट निर्माण सुरु गरेको छ । लखनउमा करिब २८ हेक्टर क्षेत्रफलमा नयाँ प्लान्ट निर्माण भइरहेको कम्पनीले जनाएको छ ।

विद्युतीय बस उत्पादनमा ध्यान केन्द्रित गर्न चाहेको भए पनि परम्परागत वा अन्य वैकल्पिक इन्धनका सवारी साधन पनि त्यही ठाउँमा उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले लखनउमा प्रति वर्ष २,५०० बसको प्रारम्भिक उत्पादन क्षमताको साथ सुरु गर्ने योजना बनाएको छ । एक दशकको अवधिमा यसलाई प्रतिवर्ष ५ हजार सवारीसाधनमा पु-याउने लक्ष्य राखिएको छ ।

सन् २०३० सम्म देशको डिजेल बस फ्लीटको एक तिहाइभन्दा बढी भागलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने भारत सरकारको योजना अनुसार अशोक लेल्याण्डले नयाँ प्लान्ट निर्माण सुरु गरेको हो । अशोक लेल्यान्डको सहायक कम्पनी स्विच मोबिलिटीले गत वर्ष धेरै विद्युतीय बस अर्डर गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...