नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

परिचित कमर्सियल सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल पार्ट्स आउटलेट ‘जे.के. पार्ट्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त बिक्री केन्द्र मार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान–स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्जको भुजैगाउँमा खुलेको सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिज उपलब्ध हुनेछन् ।

एक कार्यक्रमका बीच उक्त आउटलेटको उदघाटन अशोक लेल्यान्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्त रुपमा गरेका थिए ।

अशोक लेल्यान्ड भारतका पाट्र्स प्रतिनिधि मलय साहुले भने, ‘रिटेल पाट्र्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पाट्र्स उपलब्ध गराउन सहयोग गर्नुका साथै आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’

त्यसैगरी, अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले भने, ‘आईएमई मोटर्सले ग्राहकलाई सधैँ उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पाट्र्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ ।’

सम्बन्धित समाचारहरू

अशोक लेल्याण्डको वस र  ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको वस र ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व...

के हो निर्वाचनका लागि भारतले दिएको ‘वान टन’ गाडी ? के छ यसको विशेषता ?

के हो निर्वाचनका लागि भारतले दिएको ‘वान टन’ गाडी ? के छ यसको विशेषता ?

भारत सरकारले नेपालमा हुन लागेको निर्वाचनका लागि दिएको ‘वान टन’ गाडीको...

आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

झापा – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...