उर्लाबारी नगरपालिकालाई अशोक लेल्यान्डको सुबिधा सम्पन्न दमकल हस्तान्तरण

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । सो दमकल नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त सहकार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको बताएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पूर्व क्षेत्रका पत्रकारहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापाका साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले एक थान दमकल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको उनले बताए । दमकलले आफ्नो नगरपालिका सहित अन्यत्र जहाँ आगलागीका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता उनले जनाएका छन् । नगरप्रमुख फागोले खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...