एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड
काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय...
काठमाडौं – आईएमई ग्रुप अन्तर्गत संचालित र आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ९ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेसनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा ती दमकल मन्त्रालयलाई हस्तान्तरण गरिएको बताइएको छ ।
मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने वताए । कुसवाहाले चालू आर्थिक वर्षको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।
अशोक लेल्यान्डको १६१६ आईएल मोडलको च्यासिसमा बनाइएको दमकलमा जापानिज ‘शिबौरा’ कम्पनीको पम्प प्रयोग गरिएको छ, जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ ।
सो दमकलमा ५ हजार ५ सय लिटर पानी अट्ने क्षमता रहेको छ । साथै दमकलमा ५ सय लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुन बाट रोक्न सकिन्छ ।
कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ ।
केही महिना अगाडि अशोक लेल्यान्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तैः उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिका, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए ।
दमकलको कार्यक्षमता राम्रो भएको, यसमा रहेका अत्याधुनिक उपकरणका कारण गुणस्तरीय हुनुका साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।
काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय...
अशोक लेल्यान्ड गाडीको नेपालका लागी आधिकारिक वितरक आईएमई मोटर्सले मेगा...
काठमाडौं – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...