नेपाल अटो जिमखाना च्याम्पियनसिपमा प्रथम बने आशिष

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेश संघद्वारा आयोजित नेपाल अटो जिमखाना च्याम्पियनसिपमा आशिष भारती प्रथम भएका छन् ।

शनिबार चितवनको भरतपुरमा सम्पन्न सो इभेन्टमा फिलिक्स भानले द्वितीय तथा दिग्विजय सिंह अधिकारीले तृतीय स्थान हासिल गरे । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २७ हजार, ९ हजार तथा ३ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी महिलातर्फ बेष्ट टाइमरमा दुर्गा लक्ष्मी रञ्जितकार तथा चितवन तर्फको वेष्ट पर्फमेन्स अवार्ड विमल पौडेलले प्राप्त गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा नासा नेपाल बागमतीका अध्यक्ष राजन पियाले विजयीहरुलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे ।

पुरुषबाट प्रथम आशिष र महिला तर्फको बेष्ट परफर्मर दुर्गा लक्ष्मीलाई आगामी नोभेम्बरमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा नेपालबाट छनौट गरियो, जुन चाइनिज ताइपेइमा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग, भरतपुर महानगरपालिका र उवासंघ चितवनको लजिष्टिक र पुरस्कार सहयोग तथा महालक्ष्मी ड्राइभिङ्ग सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रम नासा नेपालको राष्ट्रिय कार्यक्रम भएको नासा नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा हुने अटो जिमखाना च्याम्पियनसिपमा २१ ड्राइभर सहभागी हुने निश्चित

चितवनमा हुने अटो जिमखाना च्याम्पियनसिपमा २१ ड्राइभर सहभागी हुने निश्चित

चितवन – नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा)...

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...

नासा नेपालको साधारण सभा सम्पन्न, २०२८ भित्र नेपालमै क्रसकार निर्माण गर्ने घोषणा

नासा नेपालको साधारण सभा सम्पन्न, २०२८ भित्र नेपालमै क्रसकार निर्माण गर्ने घोषणा

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को एघारौँ साधारण सभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...