बुटवल–पाल्पा सुरुङमार्ग : आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी
काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा...
काठमाडौँ - विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र गर्न लागिएको छ ।
कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर तामाङले गुनासो गरे । कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उनको भनाइ छ । अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ ।
काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने अस्फाल्ट प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउछन् । महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ ।
विभागका तर्फबाट साइट इञ्चार्जका रूपमा खटिएका इन्जिनियर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउछन्। रु दुई करोड लागतमा सडक कालोपत्र भइरहेको उनले सुनाए।
काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा...
सडकमा सुरक्षित रूपमा कार चलाउन ट्राफिक नियमका साथै कारको ह्यान्डब्रेकको...
काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । असार १...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...