मुस्ताङ यात्रा अफर सहित सार्वजनिक भयो एरोमा डर्ट बाइक र यसको मूल्य

काठमाडौं – नेपाली बजारमा पहिलो पटक एरोमा ब्रान्डको डर्ट बाइक भित्रिएको छ ।

एरोमा डर्ट बाइकको अहिले परिचयात्मक मुल्य ४ लाख ८६ हजार रुपैयाँका साथ बिक्री खुला गरिएको छ । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिभल स्किम समेत राखिएको छ ।

विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्री तथा बिक्री पछिको सेवा दिँदै आइरहेको आरोग्य मोटर्सले २०० सीसी क्षमताको डर्ट बाइक नेपाली बजारमा उपलब्ध गराएको बताएको हो ।

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड ‘एरोमा’ को नाममा तीन पाँग्रे सवारीसाधन आयात गर्दै आइरहेकोमा अब दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्री वितरणको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।

आरोग्य मोटर्सका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्मा भन्छन्, ‘नेपालका अधिकांश सडकहरु कच्ची, अर्धकच्ची तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाइकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाइकको ग्राउण्ड क्लियरेन्स २८० एमएम रहेको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाइक २०० सीसी क्षमताको रहेको छ । जसका कारण भैपरी आउने समस्याको चिन्ता नहुने किसिमको बाइकलाई हामीले बजारमा उतार्न गइरहेका छौं ।’

एयरकुल्ड सहित सिंगल सिलिण्डरको इन्जिन रहेको यो बाइकले ८६०० आरपीएममा १४.८ एचपी पावर र ६५०० आरपीएममा १४.९ एनएम टर्क जेनेरेट गर्छ । नेट तौल ११५ किलोग्राम रहेको यो बाइकले एक लिटर पेट्रोलमा ४० किलोमिटर भन्दा बढीको माइलेज प्रदान गर्ने बताइएको छ ।

पहिलो चरणमा एरोमा डर्ट बाइक १ मोडल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछ । हाइड्रोलिक सस्पेन्सन सहितको आरामदायक यो बाइकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।

हालसम्म काठमाण्डौं, भक्तपुर, पोखरा, दाङ्ग, नेपालगञ्ज, गुलरीया, धनगढी, टीकापुर, अत्तरीया र महेन्द्रनगमा डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा डिलरहरु विस्तारको तयारी भइरहेको छ ।

सम्बन्धित समाचारहरू

धनतेरसको अवसरमा टियागो ईभी बुकिङ गर्दा सुनको असर्फी वा आइफोन १६ प्रो पाइने

धनतेरसको अवसरमा टियागो ईभी बुकिङ गर्दा सुनको असर्फी वा आइफोन १६ प्रो पाइने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

धनगढी उपमहानगरपालिका परिसरमै गाडीको चार्जिङ स्टेसन सञ्चालन

काठमाडौँ- पछिल्लो समय नेपालमा विद्युतीय सवारीको माग र आपूर्ति बढ्दै गएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...