आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन एवं डिजेल बस बिक्री गर्ने

काठमाडौं - चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सबारी साधन एवं डिजेल लक्जरी बस  आर्क्स ग्रुप मार्फत आयातित गोल्डेन ड्रागनका सबारी साधन हरु ग्रिन अटोमोबाइलले देशभर डिस्ट्रिब्युसन गर्ने छ।

ग्रिन अटोमोबाइलले विद्युतीय कमर्सियल सवारीसाधन मार्फत मोबिलिटी सोलुसन दिन अग्रसर भएको हो। नवीन प्रविधिमा आधारित र वातावरणमैत्री , विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा  नयाँ आयाम ल्याउने एवं उपोभोक्ताहरु सहजीकरण गर्ने  लक्ष्य रहेको छ।

नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न ग्रिन अटोमोबाइलले निरन्तर प्रभाबकारी रुपमा अगाडी बढ्ने प्रतिबद्ता जाहेर गरेको छ । आगामी दिनमा पनि गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तारमार्फत ग्रिन अटोमोबाइलले आफूलाई थप प्रमाणित गर्दै जाने बचनबद्दता व्यक्त गरेको छ । कम्पनीले भनेको छ - आर्क्स ग्रुपसँगको सहकार्यमा गोल्डेन ड्रागन ब्रान्डका विद्युतीय गाडी मार्फत हाम्रो उदेस्य  पूरा  हुने विश्वास लिएका छौ । ग्रिन अटोमोबाइलले पछिल्ला वर्षहरुमा आर्जन गरेको बिस्वसनियता र  अनुभवले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधनका बजार विस्तारमा ठूलो फड्को मार्ने विश्वास कम्पनीको छ।

हाल गोल्डेन ड्रागनको १४ सिट क्षमताको विद्युतीय सवारी साधन  बिक्री हुँदै आएको छ। अब कम्पनीले छिट्टै १२, १६ र १९ सिट क्षमताका विद्युतीय माइक्रोबस , मिनिबस तथा २९,३३,३६,४१ सिट क्षमताका लक्जरी बसहरु बजारमा ल्याउने छ। यसका लागि आयात प्रक्रिया सुरु गरिसकेको छ । त्यस्तै कम्पनीले सवारीसँगै पर्याप्त स्पेयर पार्टस र विभिन्न सहरहरु तथा  रुटहरुमा सर्भिस सेन्टर खोल्ने काम सुरुवात गरेको बताएको छ ।

गोल्डेन ड्रागनका १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमा ५३ किलोवाट आवरको सीएटीएलको ब्याट्री, ८० किलोवाट पिक र ५० किलोवाट रेटेड पावरको विद्युतीय मोटर, एबीएस तथा ईबीडीलगायत विशेषता रहेका छन्। यो माइक्रोबसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर (एनईडीसी) रेन्ज दिने कम्पनीले जनाएको छ।

हाइरुफ माइक्रोबसको लम्बाइ ५३ सय ३० एमएम, चौडाइ १७ सय एमएम र उचाइ २२ सय ६६ एमएम रहेको छ।

चीनमा स्थापिक बस ब्रान्ड गोल्डेन ड्रागनको मुल कम्पनी सियामिन गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडका रुपमा रहेको छ। संयुक्त उपक्रम कम्पनीका रुपमा १९९२ मा स्थापना भएको यो कम्पनीले ५ मिटरदेखि १८ मिटरसम्म लामा विलासी बसहरु तथा लाइट कमर्सियल बसको विकास, उत्पादन र बिक्री गर्दै आएको छ।

गोल्डेन ड्रागनद्वारा उत्पादित सवारीसाधनहरू चिनियाँ बजारमा पनि अग्रपंक्तिमा रहेका छन् । साथै, विश्वका करिब १२० भन्दा बढी देशहरूमा बिक्री तथा वितरण हुँदै आइरहेका छन् ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...

नेपाली बजारमा आयो विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकल : १० दिन सम्म १० हजार छुट पाइने

नेपाली बजारमा आयो विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकल : १० दिन सम्म १० हजार छुट पाइने

काठमाडौं – निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल...

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...