बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अप्रिलियाले आफ्नो लोकप्रिय स्कुटर एसआर १२५ को २०२५ संस्करण लन्च गरेको छ । हालै एसआर १७५ लन्च गरेको कम्पनीले १२५ को नयाँ संस्करणमा धेरै फिचर अपडेट गरेर ल्याएको हो ।
सो नयाँ संस्करणमा अप्रिलियाले ब्लुटुथ कनेक्टिभिटीका साथ एसआर १७५ मा जस्तै नयाँ रंगको टिएफटी डिस्प्ले उपलब्ध गराएको छ । स्कुटरको मूल्य १ लाख २० हजार भारु निर्धारण गरिएको छ ।
१२५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको यस स्कुटरले १०.४५ बिएचपी पावर र १०.४ एनएम टर्क जेनेरेट गर्दछ । जुन यसअघि उपलब्ध संस्करणको तुलनामा केही बढी हो । साथै, यसमा संशोधित थ्रोटल बडी र एक्जस्ट सिस्टम दिइएको छ ।
स्कुटरको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि एकल शक एव्जर्बर राखिएको छ । साथै, यसमा १४ इन्चको अलोय ह्वील र अगाडी डिस्क तथा पछाडि ड्रम ब्रेक जडान गरिएको छ ।
अप्रिलिया एसआर १२५ नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम मोटरसाइकल हो । नेपाली बजारमा यसको मूल्य २ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...