अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न

अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले हिजो आयोजना गरेको उक्त राइडमा १२० जना राइडरले सहभागिता जनाएका थिए । सोहि क्रममा नगरकोटको होटल चौतारीमा पुगेर राइडरले बिभिन्न मनोरञ्जनात्मक खेलमा सहभागिता जनाउँदै उक्त रात सोहि होटलमा बिताएका थिए । खेलमा बिजयी राइडरलाई पुरस्कारको साथै सहभागी सबैजनालाई प्रमाणपत्रबाट सम्मान समेत गरिएको थियो ।

राइडमा अप्रिलियाका एसआर १५०, स्ट्रोम र केहिदिन अघिमात्र भित्रिएको एसएक्सआर १६० स्कुटरमा सवार राइडरले सहभागिता जनाएका हुन । यी स्कुटरको पर्फमेन्स टेष्ट गरिनु र राइडरलाई रिफ्रेसमेन्ट प्रदान गर्नु उक्त राइडको मुख्य उद्देश्य रहेको कम्पनीका उपाध्यक्ष विजय महतोले जानकारी दिए ।

उनले भने, ‘ पछिल्लो समय अप्रिलिया स्कुटर प्रयोग गर्ने ग्रााहकले यस प्रकारको राइडमा सहभागी हुन इच्छा देखाउँदै आएका छन् । यसप्रकारको राइडले ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन समेत सहयोगी हुने कारण हामीले बिभिन्न स्थानहरुमा राइडको अयोजना गर्दै आइरहेका छौ ।’

ग्राहकबीच अन्तरक्रिया गराउन, भेइकलको परफमेन्स र रिभ्यु गर्न तथा ब्रान्डको प्रबद्धन गर्न समेत यो राइड उपयोगी भएको उनको भनाई थियो । राइडमा सहभागी हुन इच्छुक ग्राहकको संख्या बढ्दै गएका कारण अवको केही समयपछि नयाँ लोकेशनमा पुन अर्को राइड आयोजना गर्ने तयारी आफूहरुले थालेको महतोले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

इटालियन कम्पनी पियाजियोले नयाँ स्कुटर अप्रिलिया एसएक्सआर १२५ को लागि...

भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

काठमाडौं– भेष्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक वितरक डेल्टा...

भेस्पा र अप्रिलियाको आधिकारिक वितरक अब भिमसरिया ग्रुप, दुगडबाट खोसियो डिलरसिप

भेस्पा र अप्रिलियाको आधिकारिक वितरक अब भिमसरिया ग्रुप, दुगडबाट खोसियो डिलरसिप

काठमाडौं – नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटर बिक्री–वितरण गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...