अप्रिलियाले लन्च गर्यो २५० सिसीको म्याक्सी स्कुटर

इटालियन टु ह्विलर निर्माता अप्रिलियाले चीनीयाँ बजारमा २५० सीसीको म्याक्सी स्कुटर लन्च गरेको छ । एसआर म्याक्स २५० एचपिई मोडलको यो स्कुटरको अधिकतम पावर २५.८ विएचपी र टर्क २२.५ एनएम रहेको छ । स्कुटरको मूल्य नेपाली रुपैयाँ ५ लाख हाराहारी तय गरिएको छ ।

यो स्कुटरमा ७ इन्चको टिएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर र इको र स्पोर्ट सहित २ प्रकारको राइडिङ मोड दिइएको छ । फराकिलो स्टोरेज स्पेस र ट्रयाक्सन कन्ट्रोल सिस्टम उपलब्ध गराइएको यो स्कुटरमा डुअल च्यानल एबिएस समेत जडान गरिएको छ । स्कुटरको अगाडी टेलिस्कोपिक फर्क र पछाडी ग्यास चार्जड शक उपलब्ध छ ।

अप्रिलिया नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपाली बजारमा यसको स्ट्रोम १२५, एसआर १२५, एसआर १५० र एसएक्स आर १६० मोडल उपलब्ध छन् । जसको मूल्य क्रमश २ लाख ६५ हजार ९ सय, २ लाख ७२ हजार ९ सय, ३ लाख ४४ हजार ४ सय र ४ लाख ४६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाले आफ्नो ८०औं वार्षिकोत्सवको अवसरमा ‘टेक ८०’ नामक विशेष संस्करण...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा...

१२५ सीसीमा आयो अप्रिलिया एसएक्सआर, सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा हुने

१२५ सीसीमा आयो अप्रिलिया एसएक्सआर, सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा हुने

पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...