बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – अप्रिलिया एसएक्सआर १६० स्कुटर नेपाली बजारमा भित्रिएको छ । बीएस६ मापदण्डयुक्त सो नयाँ स्कुटरलाई अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले आज एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।
भारतीय बजारमा समेत केही महिना पहिले मात्र लन्च भएको सो स्कुटरको बुकिङ नेपालमा समेत करिव डेढ महिना पहिले नै खुलिसकेको थियो । सो स्कुटरको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
स्कुटर लन्च कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक डिएगो ग्राफी र वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल तथा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र भाइस प्रेसिडेन्ट विजय महतोको उपस्थिति थियो ।
सो अवसरमा पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले इटालीमा डिजाइन गरिएको उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक अप्रिलिया एसएक्सआर १६० ले नेपाली प्रिमियम स्कुटर बजारमा नयाँ मापदण्ड सेट गर्ने विश्वास ब्यक्त गरे ।
एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले नेपाली ग्राहक र विशेष गरी युवावर्गलाई अझै गुणस्तरीय र प्रिमियम स्कुटरको अनुभव दिलाउने उद्देश्यका साथ विश्व स्तरीय पियाजियो उपलब्ध गराएको बताए ।
पियाजियो इन्डियाका भाइस प्रेसिडेन्ट सुधांशु अग्रवालले एमभी दुगड ग्रुपसँग अनुशासित ढंगले काम गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
एमभी दुगड ग्रुपका भाइस प्रेसिडेन्ट विजय महतोले महामारीको समयमा पनि ग्राहकको राम्रो प्रतिक्रिया प्राप्त भएको बताउँदै देशभर रहेका थ्रीएस सुविधा सहितका भेस्पा र अप्रिलियाका ३६ आउटलेटमार्फत यो स्कुटर उपलब्ध हुने बताए ।
यसमा एफआई अर्थात फ्युल इन्जेक्सन र एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम छ भने यो बीएस६ मापदण्डमा आधारित इन्जिन सहितको छ । जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्छ । सो स्कुटरमा डिस्क ब्रेक र एडजस्टेबल रियर सस्पेन्सन पनि रहेको छ । साथै आरामदायक यात्राको लागि इर्गोनोमिक्स पनि रहेको छ ।
एरोडाइनामिक डिजाइन, फराकिला सुविधाजनक सिट, एलईडी प्रविधिसहितका क्रिस्टल हेडलाइट, एड्जस्टेबल मोनोसक एब्जर्बर आदि सुविधा भएको यो स्कुटरमा ७ लिटरको इन्धन ट्यांकी छ ।
स्कुटरमा एचडी बडी पेन्ट फिनिस, अप्रिलिया फिचर ग्राफिक्स र म्याट कालो डिजाइन सम्मिलित डार्क क्रोम इलिमेन्टको साथ उपलब्ध छ । एलईडी टेक्नोलोजी ट्विन्स क्रिस्टल हेडलाइट र आइलाइन पोजिसन लाइटको साथ मर्ज भएको फ्रन्ट एलईडी ब्लिंकरले अद्वितीय प्रकाश उपलब्ध गराउने बताइएको छ ।
डायमन्ड रिफ्लेक्सन एलईडी टेललाइटको साथ एकीकृत रियर ब्लिंकर भएको यो स्कुटरले नयाँ पुस्ताको आवश्यकता पुरा गर्ने बताइएको छ । एबीएस भएको सो स्कुटर भेन्टिलेटेड डिस्क ब्रेक र ट्विन पट क्यालिबर हाइड्रोलिक डिस्क ब्रेकको साथमा उपलब्ध छ, जसले उच्च ब्रेकिङ सुरक्षा प्रदान गर्छ ।
अप्रिलिया एसएक्सआर १६० ग्लसी रेड, म्याट ब्लु, ग्लसी ह्वाइट र म्याट ब्ल्याक कलरमा उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...