अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

इटालियन कम्पनी पियाजियोले नयाँ स्कुटर अप्रिलिया एसएक्सआर १२५ को लागि भारतमा प्रि–बुकिङ सुरु गरेको छ । सो स्कुटरको उत्पादन सुरु भइसकेको छ । यो भन्दा पहिले १६० सीसीमा उपलब्ध एसएक्सआर स्कुटर नेपाली बजारमा समेत उपलब्ध छ ।

अप्रिलिया एसएक्सआर १२५ को उत्पादन महाराष्ट्रमा कम्पनीको बारामती प्लान्टमा गरिनेछ । केही हप्तामा सो बाइकको लन्चिङ र बिक्री पनि सुरु हुनेछ ।

अप्रिलिया एसएक्सआर १२५ मा १२५ सीसी बीएस–६, ३ सिलिन्डर फ्युल इन्जेक्सन क्लिन एमिसन इन्जिन टेक्नोलोजी भएको इन्जिन उपलब्ध रहेको छ । सो स्कुटरको लुक र डिजाइन म्याक्सी स्कुटर जस्तो देखिन्छ । साथै यो कम्पनीको १६० सीसी स्कुटर एसएक्सआर १६० जस्तो देखिन्छ । यद्यपि यसको इन्जिन १२५ सीसी स्कुटर एसआर १२५ र स्ट्रोम १२५ जस्तो रहेको छ ।

पियाजियो कम्पनीका अनुसार सो स्कुटर भारतको लागि इटालीमा डिजाइन गरिएको थियो । सो स्कुटरमा ट्वीन एलईडी हेडल्याम्प र इन्टिग्रेटेड एलईडी डे टाइम रनिङ लाइटको साथै फ्रन्टमा लोडिङको लागि स्पेस रहेको छ ।

सो स्कुटरमा धेरै लेटेस्ट फिचर रहेको छ । जसमा ¥याप अराउन्ट एलईडी हेडलाइट, एलईडी टेललाइट, लामो आरामदायक सिट, फुल डिजिटल क्लस्टर, ब्लुटुथ मोबाइल कनेक्टिभिटी अप्सन, एडजस्टेबल रियर सस्पेन्सन, सीबीएसको साथमा डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।

सो स्कुटरमा सिग्नेचर अप्रिलिया ग्राफिक्सको प्रयोग गरिएको छ । सो स्कुटर ४ रङमा उपलब्ध हुनेछ । जसमा मेट ब्ल्याक, ग्लासी ह्वाइट, मेट ब्लु र ग्लासी रेड रङ समावेश रहेको छ ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...

वुमन्स डे स्पेसल अफर : भेस्पा अप्रिलिया स्कुटर किन्दा विशेष छुट

वुमन्स डे स्पेसल अफर : भेस्पा अप्रिलिया स्कुटर किन्दा विशेष छुट

काठमाडौं – आगामी मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस अर्थात...

अप्रिलिया स्कुटरको राइड कार्यक्रम सम्पन्न, राइडरले मन पराए स्कुटरको पर्फमेन्स

अप्रिलिया स्कुटरको राइड कार्यक्रम सम्पन्न, राइडरले मन पराए स्कुटरको पर्फमेन्स

काठमाडौं – अप्रिलिया एसआर १६० को बीएस ६ भर्सन स्कुटरको राइड कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...