अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न
अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक...
इटालियन कम्पनी पियाजियोले भारतीय बजारमा नयाँ एसएक्सआर सिरिजको १२५ सीसी म्याक्सी स्कुटर अप्रिलिया एसएक्सआर १२५ लन्च गरेको छ । धेरै पहिले देखि टिजर सार्वजनिक गरिरहेको अप्रिलियाको सो स्कुटर अब भने बजारमा उतारिएको हो ।
हाल ५ हजार भारुमा बुक गर्न सकिने सो स्कुटर आगामी ३० देखि ४० दिन भित्रमा ग्राहकको घरैमा डेलिभरी गरिने बताइएको छ । हाल यसको आधिकारिक वेबसाइटबाट अनलाइन बुकिङ गर्न सकिनुका साथै डिलरसिपको माध्यमबाट पनि बुकिङ गर्न सकिन्छ ।
यो स्कुटर केही समय पहिले लन्च गरिएको १६० सीसी स्कुटर जस्तै देखिन्छ । यसलाई त्यसको १२५ सीसी भर्सन पनि भन्न सकिन्छ । हाल उपलब्ध अप्रिलियाको एसआर १२५ र स्टोर्म १२५ जस्तै यसको इन्जिन छ । यसमा बीएस६ मापदण्डयुक्त सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ९.४ बीएचपीको पावर र ९.२ एनएमको टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा र्याप अराउन्ड एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, लामो तथा ठूलो र आरामदायी सिट, यूएसबी चार्जिङ पोर्ट, एड्जस्टेबल रियर सस्पेन्सन, सीबीएसका साथ डिस्क ब्रेक र ७ लिटरको इन्धन ट्यांकी उपलब्ध छ । यसमा १४ इन्चको ह्विल दिइएको छ भने चार कलर अप्सनमा उपलब्ध हुनेछ ।
दिल्लीमा यसको एक्स सोरुम मूल्य १ लाख १६ हजार ३ सय भारु छ । एसएक्सआर १६० को तुलनामा यो ११ हजार भारु सस्तो हो ।
नेपाली बजारमा यो स्कुटर आउने केही समय लाग्ने छ । हाल नेपाली बजारमा उपलब्ध अप्रिलिया एसएक्सआर १६० को मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ छ ।
अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक...
इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको...
पछिल्लो समय नेपाली बजारमा उच्च सिसी क्षमताका स्कुटरको आयात हुने क्रम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...