लन्च भयो अप्रिलिया एसएक्सआर १६० जस्तै फिचर तर सस्तो १२५ सीसीको स्कुटर

इटालियन कम्पनी पियाजियोले भारतीय बजारमा नयाँ एसएक्सआर सिरिजको १२५ सीसी म्याक्सी स्कुटर अप्रिलिया एसएक्सआर १२५ लन्च गरेको छ । धेरै पहिले देखि टिजर सार्वजनिक गरिरहेको अप्रिलियाको सो स्कुटर अब भने बजारमा उतारिएको हो ।

हाल ५ हजार भारुमा बुक गर्न सकिने सो स्कुटर आगामी ३० देखि ४० दिन भित्रमा ग्राहकको घरैमा डेलिभरी गरिने बताइएको छ । हाल यसको आधिकारिक वेबसाइटबाट अनलाइन बुकिङ गर्न सकिनुका साथै डिलरसिपको माध्यमबाट पनि बुकिङ गर्न सकिन्छ ।

यो स्कुटर केही समय पहिले लन्च गरिएको १६० सीसी स्कुटर जस्तै देखिन्छ । यसलाई त्यसको १२५ सीसी भर्सन पनि भन्न सकिन्छ । हाल उपलब्ध अप्रिलियाको एसआर १२५ र स्टोर्म १२५ जस्तै यसको इन्जिन छ । यसमा बीएस६ मापदण्डयुक्त सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ९.४ बीएचपीको पावर र ९.२ एनएमको टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा र्याप अराउन्ड एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, लामो तथा ठूलो र आरामदायी सिट, यूएसबी चार्जिङ पोर्ट, एड्जस्टेबल रियर सस्पेन्सन, सीबीएसका साथ डिस्क ब्रेक र ७ लिटरको इन्धन ट्यांकी उपलब्ध छ । यसमा १४ इन्चको ह्विल दिइएको छ भने चार कलर अप्सनमा उपलब्ध हुनेछ ।

दिल्लीमा यसको एक्स सोरुम मूल्य १ लाख १६ हजार ३ सय भारु छ । एसएक्सआर १६० को तुलनामा यो ११ हजार भारु सस्तो हो ।

नेपाली बजारमा यो स्कुटर आउने केही समय लाग्ने छ । हाल नेपाली बजारमा उपलब्ध अप्रिलिया एसएक्सआर १६० को मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...

भेस्पा अप्रिलिया स्कुटर किन्दा १० हजार छुट, एक्सचेन्जमा १० हजार थप भ्यालुएसन

भेस्पा अप्रिलिया स्कुटर किन्दा १० हजार छुट, एक्सचेन्जमा १० हजार थप भ्यालुएसन

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...