नाडा अटो शोबाट भेस्पा र अप्रिलियाका स्कुटर बुक गर्दा ७५ हजारसम्म छुट पाइने

काठमाडौं - भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्पले ‘सेभिङस एक्स्ट्राभागेन्जा स्किम’ ल्याएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा पुगेर स्कुटर खरिद गर्ने ग्राहकहरुलाई लक्षित गर्दै छुटको सुविधा ल्याएको हो । 

डेल्टा अटोकर्पका अनुसार उक्त स्किममा अप्रिलिया वा भेस्पा स्कुटर बुक गर्ने ग्राहकहरूले १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउने छन् । शोको समयमा स्कुटर बुक गर्ने ग्राहकहरूले अनर २०० र अनर २०० प्रो मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुटको विशेष अफर पनि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । 

डेल्टा अटोकर्पले अटो शोको अवसर पारेर आफ्नो नयाँ प्रडक्ट पनि सार्वजनिक गरेको छ । अटो शोमा नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । 

युवा वर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कुटरको नयाँ भेरिएन्टमा केही अपडेटहरू पनि गरिएको छ । नेपाली बजारमा १२५सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्येको एक यो स्कुटरमा २२० एमएमको भेन्टिलेटेड डिस्क ब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ । जसमा कम्बी–ब्रेकिङ सिस्टम (सीबीएस) लाई स्टयाण्डर्डको रूपमा राखिएको छ ।

स्कुटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउन स्कुटरमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । स्कुटरमा अपडेट गरिएका बडी ग्राफिक्स र रङ्गहरूले यसलाई थप आकर्षक बनाएको कम्पनीले बताएको छ । 

१२–इन्चको एल्लोय ह्वील्स, टेलिस्कोपिक फ्रन्ट फोर्कस साथै पछाडिको मोनोशकले स्कुटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ । डेल्टा अटोकोर्प निर्देशक तथा सीईओ विजय कुमार महतोले नेपाली सडक सुहाउँदो यो स्कुटरले आम उपभोक्ताको रोजाइमा पर्ने अपेक्षा लिएको बताए । 

‘अप्रिलिया ब्रान्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं, प्रिमियम इटालियन ब्रान्डहरू मार्फत हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउने हाम्रो प्रतिबद्धता रहेको छ,’ उनले भने । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआईमा आधुनिक फिचरहरू समावेश भइ तयार भएको पनि महतोले जानकारी दिए । 

अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटरको मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँबाट सुरू रहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य...

ललितपुरमा ट्रायम्फको नयाँ आधिकारिक सर्भिस सेन्टर, छिट्टै शोरुम समेत सञ्चालन गरिने

ललितपुरमा ट्रायम्फको नयाँ आधिकारिक सर्भिस सेन्टर, छिट्टै शोरुम समेत सञ्चालन गरिने

ललितपुर– ट्रायम्फ नेपालले ललितपुरमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुबिधा...

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

काठमाडौं – ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...