दशैंमा याडिया स्कुटर किन्दा १० हजार छुट
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं...
विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका छन् । यसै सन्दर्भमा अप्रिलिया पनि यो क्षेत्रमा प्रवेश गरेको छ ।
अप्रिलियाले फ्युचर इलेक्ट्रिक मोटरसाइकलको आइडिया सार्वजनिक गरेको छ, जसलाई ‘इलेक्ट्रिका’ नाम दिइएको छ । क्लासिक कन्सेप्ट फेसनमा भएको सो इलेक्ट्रिक मोटरसाइकलको स्पेसिफिकेसन भने सार्वजनिक गरिएको छैन । यद्यपि सबैको पहुँचमा पुग्ने फन मोटरसाइकल हुने र भर्खरै बाइक चलाउन थालेका नयाँ राइडरलाई यसले लक्ष्यित गर्ने कम्पनीको भनाइ छ ।
यो मोटरसाइकल हलुका हुनुका साथै सानो समेत हुनेछ । ह्यान्डल बारबाटै फ्रन्ट र रियर ब्रेक कन्ट्रोल गर्न सकिने यो मोटरसाइकललाई भर्खरै स्कुटर वा साइकल चलाएकाहरुले निकै नै रुचाउने अपेक्षा गरिएको छ ।
होचो सिट र अपराइड राइडिङ पोजिसन समेत भएकाले नयाँ राइडरका लागि यो चलाउन सहज हुनेछ । यसको डिजाइन पनि लोभलाग्दो छ । यो ट्रिम र एंगुलर बाइक हुनेछ । यसमा भएको ट्रिपल हेडलाइट क्लस्टर पनि आकर्षक हुनेछ ।
यद्यपि अप्रिलियाले यो मोटरसाइकल बिक्रीका लागि कहिले उपलब्ध हुन्छ भन्ने वारेमा केही बताएको छैन । अहिले कन्सेप्ट भर्सन मात्र सार्वजनिक भएकाले प्रोडक्सन भर्सन आउनका लागि लामै समय कुर्नु पर्ने हुन सक्छ ।
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले दशैं...
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताले...
टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...